आकर्षक सुविधासहित कुमारी बैंकले ल्यायो क्यासब्याक तथा दक्षिणा योजना
नेपालबहस संवाददाता
कात्तिक ३, २०८० शुक्रबार १५:५:३१
३ कात्तिक, काठमाडौं । आकर्षक सुविधासहित कुमारी बैंकले क्यासब्याक तथा दक्षिणा योजना ल्याएको छ । कुमारी बैंकले नेपालीहरूको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’ र ‘क्यास ब्याक’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ।
कुमारी बैंकको क्यास ब्याक अफर योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँ सम्म क्यास ब्याक’ दिइने छ । क्यास ब्याक’ रकम पोस क्युआर पेमेन्ट तथा अनलायन पेमेन्ट बाट गरीने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।
चाडबाडको यस अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखी कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ । साथै, कुमारी बैंक लिमिटेडले बडादशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरूलाई थप आकर्षक सुविधा सहित ‘ क्यास ब्याक’ अफरसँगै ‘बडा दशैं दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।
यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरूलाई बैंकद्वारा ५० रूपैयाँ क्यास ब्याक’ दिइने जनाएको छ । क्यास ब्याकका लागि योग्य हुन न्युनतम कारोबार १०० रूपैयाँ हुनुपर्नेछ । माथि उल्लेखित दुवै अफरहरु बिहान ८ बजे देखि राति ११ः ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ ।
कुमारी बैंकले देशभर रहेका ३०८ शाखा 'प्रधान कार्यालय बाहेक', ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार