डुङ्गाको तीव्र गतिका कारण उत्तर एटलान्टिकमा पाइने ‘राइट ह्वेल’ खतरामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ३, २०८० शुक्रबार १५:५२:४
![](https://nepalbahas.prixacdn.net/media/albums/right-whales-are-thoug_7EJmiI4gx3_pQojEYiq8u.jpg)
३ कात्तिक, वासिङ्टन । अमेरिकाको पूर्वी तटमा रहेका अधिकांश ठूला डुङ्गाहरू उत्तर एटलान्टिक महासागरमा चल्दा ‘राइट ह्वेल’को सुरक्षामा खतरा देखिएको छ । करिब ३४० वटा मात्र बाँकी ‘राइट ह्वेल’का लागि बनाइएका ‘स्लो जोन’मा तीव्र गतिमा गुड्ने डुङ्गाले ठक्कर दिँदा घाइते हुने वा मृत्युसमेत हुनेगरेको रिपोर्ट आएको छ ।
गैरनाफामूलक संस्था ओसियानाद्वारा बिहीबार प्रकाशित डुङ्गाहरूको अनुगमन तथ्याङ्कमा आधारित नयाँ विश्लेषणअनुसार यो प्रजातिलाई लोप हुनबाट जोगाउन कडा सुरक्षा र अधिक प्रवर्तनको लागि आह्वान गरिएको छ । ओसियानाका अभियान निर्देशक गिब ब्रोगनले भने, “डुङ्गाहरू तीव्र गतिमा ओहोरदोहोर गरिरहेका र यसले ह्वेलहरू मरिरहेका छन् ।”
ह्वेल प्रजातिका लागि मृत्युको दुई प्रमुख कारणमध्ये माछा मार्ने जाल वा बल्छीसँगै डुङ्गाको ठक्कर पनि एक हो । ठक्करहरूले ह्वेलका शरीरमा लाग्ने चोट वा उनीहरूका पखेटा भाँचिने र असहाय भई मर्ने गरेका रिपोर्टहरू बाहिरिएका छन् ।
सन् २००८ देखि अमेरिकाको ‘नेशनल ओशनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन 'एनओएए'’ ले ह्वेलको उपस्थिति हुने सम्भावना भएका क्षेत्रमा ६५ फिट '१९.८ मिटर' वा सोभन्दा लामो दूरीका जहाजका लागि गति सीमा तोकेको छ । तर, सन् २०२० को नोभेम्बरदेखि सन् २०२२ को जुलाईसम्म ८४ प्रतिशत अनिवार्य क्षेत्र र ८२ प्रतिशत स्वेच्छिक क्षेत्र हुँदै यात्रा गरेको संकलित तथ्याङ्कले देखाएको छ ।
“यो सरकारबाट न्यूनतम जरिवानाको जोखिम र बन्दरगाहमा निर्धारित समयभन्दा आफ्नो कार्गो ढिलो पुग्दा लाग्ने जरिवानालाई जोगाउनको लागि जहाजले लिने उच्च गतिका कारण ‘राइट ह्वेल’ असुरक्षित बनेको मछुवाहरूले बताएका छन्,” ब्रोगनले एएफपीसँग भने ।
नोभेम्बर २०२१ देखि जुलाई २०२२ सम्म गरिएको गति सीमाभन्दा बढी नौ हजार ३५८ जहाजले यात्राको गतिको सीमा उल्लङ्घन गरेकोमा एनओएएले केवल ४६ वटा जहाजहरूलाई मात्र जरिवाना लगाएको थियो । उनीहरूलाई औसत १५ हजार ६०० अमेरिकी डलर जरिवाना तोकिएको थियो ।
६० फिट '१८ मिटर' लम्बाइसम्म बढ्न सक्ने र मानवसरहको आयु हुने ‘राइट ह्वेल’को सङ्ख्या कुनै समय २० हजारसम्म पुगेको अनुमान गरिएको छ । यो प्रजातिमा पाइने बाक्लो बोसो र प्लास्टिक सहज रूपमा नपाइने समयमा यसको विकल्पका रूपमा प्रयोग गरिने भएकोले ह्वेल शिकारीहरूको छनोट ‘राइट व्हेल’ नै हुन्थ्यो किनकि यसबाट उनीहरूले मनग्गे पैसा कमाउँथे ।
बिसाैं शताब्दीको मध्यसम्ममा उत्तरी एटलान्टिक महासागरमा राइट ह्वेलको व्यावसायिक शिकारमा प्रतिबन्ध लगाइएको थियो, जसले गर्दा सन् २०१० सम्ममा उनीहरूको सङ्ख्यामा ४८३ पुगेको थियो । तथापि, सन् २०१७ देखि तिनीहरूले ‘असामान्य मृत्युदर’ अनुभव गरिरहेका छन् ।
गत फेब्रुअरीमा मध्य एटलान्टिक भर्जिनिया तटमा २० वर्षीय एक युवा ह्वेलको मेरुदण्ड भाँचिएको अवस्थामा समुद्रमा डुबेर मृत्यु भएको थियो । जनसङ्ख्या पहिले देखि नै यति कम भएकोले, थोरै मृत्युले पनि उनीहरूको सङ्ख्यामा नकारात्मक असर देखिन सक्छ ।
ह्वेलको बच्चा जन्माउने दर पनि आमाहरूमा दीर्घकालीन तनावको परिणामस्वरूप कम भएको छ, र जलवायु परिवर्तनको परिणामस्वरूप उनीहरूको परम्परागत खाना सङ्कलनका लागि डुल्ने आधारहरू परिवर्तन भइरहेका छन् ।
ओसियानाको रिपोर्टले ह्वेलको हालको वितरणलाई प्रतिबिम्बित गर्न ढिलो–क्षेत्रहरू अद्यावधिक गर्न, स्वैच्छिक गति सीमाको अन्त्य गर्न र ३५ फिट लामो जहाजहरूमा सुरक्षा नियमहरू विस्तार गर्न आह्वान गरेको छ ।
ब्रोगनले भने, “‘राइट ह्वेल’ प्रजातिहरू बचाउन हामीले के गर्न आवश्यक छ थाहा छ । त्यसैले उनीहरूको सुरक्षाका लागि यो उपाय अवलम्बन गर्नु आवश्यक छ र उनीहरूको सङ्ख्या बढाउनु आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार