आज नवरात्रको सातौँ दिन : कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
दशैंघरमा फूलपाती भित्र्याइँदै
नेपालबहस संवाददाता
कात्तिक ४, २०८० शनिबार ६:०:६
४ कात्तिक, काठमाडौं । बडादशैं अर्थात् नवरात्रको सातौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ। यस्ती देवीको स्वरूपलाई कालरात्री भनिन्छ। कालरात्री कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ। प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्री भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ।
नवरात्रको पहिलो दिन दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो। चौथोँ दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गरियो।
सातौँ दिन आज कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती 'चण्डी', श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ। नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती पनि भित्र्याइँदै छ। फूलपाती अपरान्ह भित्र्याउने वैदिक विधि छ। फूलपाती भित्र्याउन साइत नचाहिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार
एआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार