युद्धग्रस्त इजरायलमा खानेपानी, खाद्यान्न, औषधि तथा इन्धनको ठूलो संकट
नेपालबहस संवाददाता
कात्तिक ४, २०८० शनिबार १६:३६:२६
४ कात्तिक, काठमाडौं । गत असोज २१ गते गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरू भएको इजरायल-हमास युद्धमा अहिलेसम्म नेपाली १० जना विद्यार्थीहरू सहित ३७०० मानिसको मृत्यु भइसकेको छ । हमासले गरेको उक्त आक्रमणमा परी इजरायलमा १२०० भन्दा बढीले ज्यान गुमाएका छन् भने इजरायलले गरेको जवाफी हमलामा गाजा शहरमा पनि २५०० भन्दा बढी मानिस मारिएका छन् ।
नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको पनि नृशंस हत्या गरिएको छ । हजारौं घाइते भएका छन् । इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्।
द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरु इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए। इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा पनि हमास लडाकुसँगै धेरै सर्वसाधारणको मृत्यु भएको छ। इजरायल र गाजाको अहिलेको विध्वंसात्मक हमला यतिकै भएको होइन। यसको सम्बन्ध निकै पुरानो छ । यस किसिमका हमला विगतमा पनि पटक–पटक हुँदै आएका छन्।
यी दुई बिच मुख्यगरी जेरुसेलम, सिमाना, भूमि, यहुदी बसोबास र प्यालेस्टाइनी शरणार्थीको मुद्दामा विवाद रहेको छ। इजरायलले संयुक्त राष्ट्रसंघबाट सदस्य राष्ट्रको मान्यता पाइसकेको भए तापनि प्यालेस्टाइन पूर्ण सदस्ययता भने पाएकको छैन । प्यालेस्टाइन स्वतन्त्र राष्ट्रको रूपमा मान्यता पाउन संघर्षरत छ। संयुक्त राष्ट्रसंघ लगायतका विश्वका थुप्रै राष्ट्रले इजरायल र प्यालेस्टाइनलाई छुट्टाछुट्टै राज्यको रूपमा मान्यता दिन प्रयासरत रहेको भएतापनि अहिलेको अतिवादी इजरायली सत्ताले यो स्वीकार्न चाहँदैन। उसले पूरै भूमिलाई इजरायल बनाउन खोजिरहेको छ।
युद्धका कारण गाजा क्षेत्रका विभिन्न शहरहरूमा खानेपानी, खाद्यान्न, औषधि तथा इन्धनको ठूलो संकट देखिएको र लाखौं मानिस गाजाबाट विस्थापित समेत भएका छन् । इजरायलको किबूत क्षेत्रको सडकमा कारहरू जलेर खरानी भएको, घरहरूमा रकेट प्रहारबाट क्षति पुगेको समेत देख्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
कालिमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड [ फोटो फिचर ]
पुष २, २०८१ मंगलबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार