सुदूरपश्चिम सरकार र महासंघबीच लगानी सम्झौता
नेपालबहस संवाददाता
कात्तिक ४, २०८० शनिबार १७:०:४०
४ कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रदेश सरकार र महासंघबीच लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानी कर्ताहरुलाई प्रोत्साहन गर्नुपर्ने अवस्था आजको सम्झौताले धेरै महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले भने, ‘अहिले मानिसमा उत्साह नभएका अवस्था पनि छ । यो अवस्थामा एउटा निजी क्षेत्रको छाता संगठनको हिसाबले हामीले लगानी कर्ताहरुलाई अलिकति प्रोत्साहन गर्नुपर्ने अवस्था भएको हिसाबले आजको सम्झौता आफैंमा धेरै महत्वपूर्ण छ ।’
उनले लगानीकर्ता र व्यावसायिक समुदायमा केही हुदैँन् भन्ने वातावरण बन्दै गएको भन्दै यो सहकार्यमार्फत आउँदो ६ महिनामा नेपालमा अवसरहरू छ भन्न सक्ने परिणाम निकाल्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘यसरी सहकार्यमा जाँदा परिणाम आउँने हिसाबले हामी अगाडि जाने हो भने यो सम्झौता अनुसार जुन यो लगानी अगाडि बढ्दैछ । यसले अरु प्रदेश सरकारहरूलाई पनि सूचना जान सक्छ । महासंघले लगानीकर्ता र व्यावसायिक समुदायमा केही हुदैँन् भन्ने जुन वातावरण बनेको अवस्थामा हामीले ६ महिनाको बीचमा नेपालमा अवसरहरू छ भन्न सक्ने परिणाम निकाल्छ भन्ने विश्वास व्यक्त गर्न चहान्छु ।’
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले लगानी सम्मेलन सम्मेलनका लागि मात्रै नभई, सुदूरपश्चिममा भएका सम्भावनाहरूलाई विकास गर्नको लागि गरेको बताए । उनले भने, ‘हामीले यो विकास सम्मेलन सम्मेलनका नाममा मात्रै होईन्, सुदूरपश्चिमका धेरै सम्भावनाहरु छन्, त्यो सम्भावनाहरुलाई बुझेर केही योजनाहरु राख्न खोजेका छौ । त्यसमा तपाईहरुको साथ र सहयोगले सुदूरपश्चिमलाई ठोस रुपमा कार्यक्रमहरू अगाडि बढाउँने छौ ।’
देशमा आर्थिक मन्दि छाएको अवस्थामा पनि अठोटका साथ सुदूरपश्चिममा प्रदेश लगानी र विकास सम्मेलन गर्ने निर्णय गरेको भन्दै सकारात्मक भएर अगाडि बढ्ने हो भने मुलुक विकास गर्न सक्ने उनको भनाई छ । उनले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारले यो आर्थिक मन्दीको अवस्थामा एउटा सन्देश दिन खोजेका छौ र एउटा अठोट गरेका छौ । यस्तो अवस्थामा पनि हामी सकारात्मक भएर जाने हो भने मुलुक बनाउने सन्दर्भमा हामी अगाडि बढ्न सक्छौ भन्ने अठोटका साथ सुदूरपश्चिममा प्रदेश लगानी र विकास सम्मेलन गर्ने निर्णय गरेको हो । यो निर्णयमा सहयोग गर्नको लागि यहाँ आएका हौ ।’
सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले अबको १० वर्षमा उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपालको आर्थिक जड सुदूरपश्चिम बनाउँने सक्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आजको सुदूरपश्चिम जुन छ, १० वर्षपछि हेर्दा उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपालको आर्थिक जड कहाँ हो भन्दा सुदूरपश्चिम हो भन्ने हिसाबले स्थापना हुन सकिन्छ भन्ने विश्वास गरेको छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहवाई कम्पनीले बढाएको भाडा नियन्त्रण गर्न पर्यटनमन्त्रीले श्रम र परराष्ट्रमन्त्रीसँग मागे सहयोग
कात्तिक २३, २०८१ शुक्रबार
दैनिक १० घण्टा बन्दको कारण देखाएर हवाई कम्पनीले दोब्बर बढाए भाडा, सरकार भन्छ केही गर्न सकिन्न
कात्तिक २३, २०८१ शुक्रबार
१३४ यात्रु लिएर चीनको सिचुवान एयरलाइन्स १७ महिनापछि आयो पोखरा
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
कात्तिक २३, २०८१ शुक्रबार
उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
कात्तिक २३, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
धनगढीका सुरेशकुमार पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा दम्पती मृत फेला
कात्तिक २३, २०८१ शुक्रबार