नवदुर्गा सिद्धिको मुकुण्डो तान्त्रिक विधिबाट निर्माण
नेपालबहस संवाददाता
कात्तिक ५, २०८० आइतबार १३:११:४९
५ कात्तिक, भक्तपुर । धार्मिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध तान्त्रिक नाचका लागि नवदुर्गा देवगणलाई अत्यावश्यक मुकुण्डो तान्त्रिक विधि पुरा गर्दै निर्माण भएको छ ।
घण्टाकर्ण चतुर्दशीका दिनबाट सुरु भएको याछेंका ७७ वर्षीय पूर्ण चित्रकारले तीन महिना लगाएर तयार पारेको नवदुर्गाका भैरव ९कालभैरव० १, महाकाली १, बाराही १, ब्रम्हायणी १, महेश्वरी १, कुमारी १, वैष्णवी १, ईन्द्रायणी १, गणेश १, महादेव १, श्वेतभैरव १, सिम्ह दुम्ह (नन्दी भृङ्गी) दुई गरी गरी १३ देवगणका लागि १३ वटा मुकुण्डो तान्त्रिक विधि पुरा गरी तयार भएको हो ।
तान्त्रिक विधि अनुसार विशेष प्रकारको बोचा भनिने माटोलाई मैदा र पानीको माडमा मुछेर डल्ला बनाई हावामा सुकाएर कपास एवं नेपाली कागज राखेर मुकुण्डो बनाइन्छ । यसरी निर्माण भएको मुकुण्डोलाई दुई साता सुकाएपछि तयार हुने चित्रकारले बताए।
दशैंको महानवमीको दिन साँझ चित्रकारको घरमा स्थानीयलाई दर्शनको लागि प्रदर्शनीमा राखिने मुकुण्डोलाई नवदुर्गा देवगण बन्ने गाथा अर्थात वनमालाले तान्त्रिक पुजाआजा गरी लैजाने विजयादशमीको दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त गर्ने प्रचलन छ । नवदुर्गा देवगणको १३ वटा ख्वापा बनाउन रु।तीन लाख ५० हजार खर्च लागेको बताउदै चित्रकारले खर्च व्यवस्थापनको लागि रु। २५ लाखको अक्षय कोष स्थापना भएको जानकारी गराए ।
विगतका धेरै वर्ष आफ्नै खर्चले मुकुण्डो बनाउदै आएपनि पछिल्लो वर्ष अक्षयकोष बनाएपछि सहज भएको उनले बताए । नवदर्गा नाचमा खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र, नकीं र १३ देवगणसहित १९ जनाको समूह हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार