छैटौँ बेलबारी गोल्डकपको उपाधी ब्रिगेडलाई
नेपालबहस संवाददाता
कात्तिक ५, २०८० आइतबार १४:३३:०
५ कात्तिक, पथरी । छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लवलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधी चुमेकोे हो ।
ब्रिगेडले उपाधीसँगै आठ लाख नगद र ट्रफी प्राप्त गर्यो भने बिर्तामोड झापाले रु पाँच लाख र ट्रफीमा चित्त बुझायो । बिजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पुरस्कार प्रदान गरेकाा हुन् ।
निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधीबाट बिमुख भएको हो । खेल सुरु भएको दुई मिनेटमै बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो । ब्रिगेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै झापाका अभिषेक गुरुङले गोल गरेका थिए ।
एकतीसौँ मिनेटमा ब्रिगेड खेलमा फर्कियो । ब्रिगेडका लागि दीपेश आलेले गोल गर्दै खेल बराबरीमा ल्याए । बिर्तामोडका डिफेन्स अघि बढेको अवस्थामा कसैको नजरमा नपरेका दीपेशले डी एरिया नजिकबाट प्रहार गरेको बलले जाली चुम्यो । दुबै टिमले निक्कै आक्रमक खेल खेलेपनि थप गोल हुन नसक्दा खेल ट्राइबेकरतर्फ धकेलिएको थियो ।
ट्राइबेकरमा ब्रिगेडका रोशन राना, एन्जल महर्जन, दीपेश आले, अनिश तामाङ र जय गुरुङले गोल गर्दा बिर्तामोडका योगेश गुरुङ, विशाल दर्जी र विक्रम लिम्बुले गोल गरे । बिर्तामोडका निशान तामाङको प्रहार ब्रिगेडका गोल रक्षक विशाल सुनारले बचाएका थिए ।
उनी उत्कृष्ट गोलकिपर समेत भए । बिधागततर्फ पनि ब्रिगेडले कब्जा जमायो । ब्रिगेडका जय गुरुङ उत्कृष्ट खेलाडीमा, डिफेन्स पद्म भट्टराई, हाइ स्कोरर दीपेश, उत्कृष्ट कोच धनेश्वर प्रजापती घोषित भए ।
खेलको म्यान अफ द म्याच बिर्तामोडका अभिषेक गुरुङ, उत्कृष्ट फरवर्ड बिर्तामोडका आशीष चापागाईं, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका रोहन कार्की घोषित भए । उदयमान खेलाडी आयोजकका दुर्गा राई घोषित भए । कोशी प्रदेशमा नियमित हुने बेलबारी गोल्डकपमा नेपाल र भारतका आठ टोली सहभागी थिए । असोज २६ देखि गोल्डकप सुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार