मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा र लड्डु चढाउने भक्तजनको भीड
नेपालबहस संवाददाता
कात्तिक ५, २०८० आइतबार १९:४५:३२
५ कात्तिक, धनुषा । जनकपुरधामसहित मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । वडाँदसैँको आठौँ दिन महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा शनिबार मध्यरातिदेखि नै खोइँछा भर्ने र लड्डु चढाउने कार्यक्रम चलिरहेको छ ।
राजा जनकको कुलदेवीका रुपमा चिनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्ति पीठमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको हो ।
सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानी भर्ने गर्दछन् । मिथिलामा माता दुर्गाको खोइँछा भर्ने विधि निकै पौराणिक हो । सप्तमीको साँझदेखि नै मिथिलानीले खोइँछा भर्ने गर्दछन् ।
पण्डीत लालबाबु झाका अनुसार मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई खोइँछा दिने गरिन्छ । खोइँछामा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ । झाले भने, “खोइँछा भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानी दुर्गामाताको खोइँछा भर्ने गर्दछन् ।”
खोइँछा भर्नका लागि हजारौँको सङ्ख्यामा महिला राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोकलगायतका स्थानमा जम्मा भएका छन् । प्रसाद चढाउनका लागि गए राति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोइँछा भर्न महिलाको भीड लाग्छ ।
जनकपुरमा आज रातिदेखि बलि दिनेछ । त्यसका लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजन बोका बलिका लागि जनकपुरधाम पुग्ने क्रम जारी रहेको छ । प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको सङ्ख्यामा बलि प्रदान हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार