नवरात्रको अन्तिम दिन आज, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै
देशभरका शक्तिपीठमा भक्तजनको भीड
नेपालबहस संवाददाता
कात्तिक ६, २०८० सोमबार ७:८:६
६ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती 'चण्डी', श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।
नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।
हनुमानढोको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै
हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले आइतबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तामाङ समुदायले मनाउने सोनामल्होसार, काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिने
माघ १७, २०८१ बिहिबार
सोनामल्होसार जस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप बलियो बनाउँछः राष्ट्रपति
माघ १७, २०८१ बिहिबार
बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो
माघ १६, २०८१ बुधबार
टी-२० आई: पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
माघ १७, २०८१ बिहिबार
हेलिकोप्टरसँग ठोक्किएर अमेरिकमा ६४ जना यात्रु सवार विमान दुर्घटना
माघ १७, २०८१ बिहिबार
संसद अधिवेशन र अध्यादेशबारे साझा धाराणा बनाउन सिंहदरबारमा विपक्षी दलहरूको बैठक
माघ १७, २०८१ बिहिबार
ऊर्जामा लगानी गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह
माघ १७, २०८१ बिहिबार
जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्
माघ १७, २०८१ बिहिबार
सभापति कपको उपाधिमा संकटा र आयोजक बागमती भिड्दै
माघ १७, २०८१ बिहिबार