दशैंसँगै गाउँघरमा चहल पहल बढ्यो
नेपालबहस संवाददाता
कात्तिक ६, २०८० सोमबार ८:१०:४७
६ कात्तिक, टीकापुर । टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दशैं मनाउन घर फर्किएका छन् । । भारतमा रहेका उनीहरू घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन । ‘‘अहिलेसम्मकै रमाइलो दशैं भएको छ । यस वर्ष म निकै खुशी छु’’, उनी भन्छन्, ‘‘बालबच्चा सहित भारतमा बस्ने छोरा घर फर्किएको छ । यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका छौँ ।’’
टीकापुर ब्लक नं १६ का नवराज कुँवरलाई नवदूर्गाको पूजाआजा गर्न पाउँदा, सबै आफन्तसँग भेटघाट हुँदा रमाइलो लाग्छ । ‘‘दशैं विशेष लाग्छ, नवरात्रमा ब्रत बस्ने, पूजाआजा गर्ने, मन्दिर दर्शन गर्ने कार्य राम्रो लाग्छ’’, उनले भने, ‘‘पारिवारिक जमघट र आर्शीवाद लिने र दिने कार्य निकै रमाइलो लाग्छ ।’’
कैलालीकी राजकुमारी चौधरीलाई दशैं विशेष लाग्छ । उनलाई दशैंमा गरिने नाचगान, खानपान रमाइलो हुनुका साथै गाउँ नै उत्साहित भएजस्तो लाग्छ । ‘‘थारु गाउँमा दशैंको अवसरमा एक महिनासम्म नाचगान हुन्छ, थारु समुदाय आफ्नो पोशाक लगाएर संस्कृति झल्कने,मौलिक भाषामा गीत गाएर, मादलको तालमा गाउँमा नाचगान हुन्छ’’, उनले भने, ‘‘त्यसैले दशैं विशेष लाग्छ ।’’
स्थानीय केशर उपाध्यायलाई पनि दशैं विशेष लाग्छ । ‘‘दशैंसँग हाम्रो संस्कृति, सभ्यता र परम्परा जोगिएको छ’’, उनी भन्छन्, ‘‘वर्षभरि भेट नभएका आफन्त भेटिने भनेकै दशैंमा हो ।’’दशैंमा सबै परिवार जम्मा हुने, नयाँ लुगा लगाउने, मीठा परिकार खाने, नाचगान तथा रमाइलो गर्ने भएकाले दशैं रमाइलो लाग्छ । लक्ष्य साउँदलाई पनि दशैं आर्शिवाद दिने र लिने पर्व भएकाले महत्वपूर्ण लाग्छ । उनलाई हुने खानेले धुमधाम गर्ने नहुनेले अभाव झेल्ने कुरालाई राम्रो लाग्दैन ।
ठूला मानिस भन्दा बालबालिकालाई दशैंमा अझ रमाइलो लाग्छ । दशैंमा विद्यालय समेत विदा हुने, घुमघाम गर्न र मीठा परिकार खान पाइने भएकाले बालबालिका अझ रमाउँछन् । कक्षा ९ मा अध्ययनरत बालक योगेश साउँद दशैंमा नयाँ कपडा पाइने, विभिन्न ठाउँमा अभिभावकसँग घुम्न पाउँदा निकै रमाइलो लाग्छ । ‘‘यस वर्ष पनि बाबा आमाले घुम्न लैजाने भनेका छन्’’, उनी भन्छन्, ‘‘एक महिना विदा छ, यो समयमा अलिकति गृहकार्य 'पढाई'को तनाव हुन्छ । त्यसबाहेकको सबै समय रमाइलो लाग्छ ।’’
दशैं मनाउन नमिल्ने परिवारलाई भने दशैंले खासै उत्साह दिँदैन । अन्यले दशैं मनाउँदा मनाउन नपाउने परिवारलाई भने नरमाइलो पनि हुन्छ । टीकापुरकी धनशोभा रावलको घरमा यस वर्ष दशैं छैन तर पनि उनी गाउँघर झिलिमिली भएको देखेर रमाएका छन्। ‘‘हरेक पर्वको महत्व उत्तिकै हुन्छ । दशैं अझ विशेष पर्वका रुपमा मनाइने भएकाले यो पर्वले एकता, मेलमिलापको सन्देश दिनुपर्छ’’, उनले भने, ‘‘सबैको दशं नहुन सक्ने भएकाले समाजमा पर्व मनाउँदा अर्काको मन दुखाउने, अन्यलाई असर पर्ने गरी कुनै क्रियाकलाप भने गर्नु हुँदैन ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार