तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दशैंमा पनि निरन्तर
नेपालबहस संवाददाता
कात्तिक ६, २०८० सोमबार ८:२०:१२
६ कात्तिक, तनहुँ । ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दशैंको बिदामा पनि निरन्तर रहने भएको छ ।
आयोजनाको प्याकेज–१ अन्र्तगत ‘डाइभर्सन टनेल’को निर्माणलाई निरन्तरता दशैंपछि नदी पर्काउने योजनाका रहेको आयोजनाले जनाएको छ । कतिपय जनशक्ति दशैं नमान्ने रहेकाले निर्माणकार्यलाई निरन्तरता दिइएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए ।
आयोजनाको कूल एक हजार चार सय ५६ मिटर सुरुङ्गमध्ये बाँकी रहेको तीन सय ५६ मिटर खन्ने काम भैरहेको रहेको छ । त्यसैगरी, प्याकेज–२ अन्तर्गत मुख्य सुरुङका साथै इलेक्ट्रोनिक्स मेकानिकल र टर्बाइनलगायत निर्माण कार्य गरिने उनले बताए ।
उक्त दुईवटा प्याकेजका लागि करिब एक सयको हाराहारीमा जनशक्ति परिचालन हुने सो आयोजनाले जनाएको छ । निर्माणाधीन आयोजनाको समग्रमा भौतिक प्रगतितर्फ हालसम्म ४६ प्रतिशत कार्य पूरा भैसकेको तनहुँ जलविद्युत लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।
“मुख्य टनेलको पानी फर्काउनका लागि दशैंमा काम छाड्न मिल्दैन्”, उनले भने, “दशैं लगत्तै नदीको पानी फर्काउने ठूलो टनेलको काम गर्नुपर्ने भएकाले निर्माणकार्य अघि बढाएका हौँ ।” प्याकेज–१ को निर्माण ठेक्का सोङ दा–कालिका जेभीले विसं २०७७ चैत्र ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता गरेको थियो ।
त्यसैगरी,प्याकेज–२ अन्तर्गत १, २ र ३ को पावरहाउस जाने टनेलको सबै निर्माणकार्य सम्पन्न गरेको छ । यस प्याकेज अन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने कार्य भइरहेको छ । वन नीतिका कारण अहिले विद्युत टावर निर्माणकार्य रोकिन पुगेको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए ।
कूल ३४ दशमलव ७ किलोमिटर प्रशारण लाइनमा ९४ वटा टावर राखिनेछ । हालसम्म करिब एक किलोमिटर प्रशारण लाइन जडान गरिएको आयोजनाले जनाएको छ । प्रशारण लाइनको सन् २०२२ मेसम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाई भएका कारण सन् २०२४ डिसेम्बर १९ सम्म समयअवधि थप गरिएको छ ।
त्यसैगरी, आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।
विसं २०७५ असोज १५ गते रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता गरेको थियो । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाई र ५१ मिटर उचाइ भएको भूमिगृत विद्युतगृहको सुरुङ्ग खन्ने कार्य सम्पन्न गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार