राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणः सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्ने, मोदीपछि संसदमा गुटेरेसको संबोधन
नेपालबहस संवाददाता
कात्तिक ६, २०८० सोमबार १३:२०:८
६ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गर्ने भएपछि सुरक्षा निकायलाई दशैको सम्मुखमा पनि सुरक्षा प्रबन्ध मिलाउने चटारो परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा दशैंलगत्तै नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई राजकीय सुरक्षा प्रदान गर्नुपर्ने भएपछि काठमाडौं उपत्यकाका सुरक्षा अंगका सबै निकायलाई सुरक्षा प्रबन्ध मिलाउने चटारो परेको हो । सोको सुरक्षा नेतृत्व भने नेपाली सेनाले गर्ने भएको छ । ‘सुरक्षा संयन्त्रको नेतृत्व नेपाली सेनाले गर्नेछ’, उच्च सुरक्षा स्रोतले भन्यो । त्यसका लागि सेनाले सबै सुरक्षा निकायलाई राखर बैठक समेत गरिसकेको छ ।
‘एकातिर दशैं अर्कातिर महासचिव एन्टोनियो गुटेरेसको भ्रमण जसले गर्दा हामीलाई अहिले फुर्सद नै छैन’, उपत्यका प्रहरी कार्यालयमा प्रवक्ता एसएसपी दिनेश मैनालीले भने । महासचिव गुटेरेस १२–१५ कात्तिकसम्म नेपालको औपचारिक भ्रमणमा आउँदै छन । महासचिव गुटेरेसको भ्रमणको क्रममा अन्नपूर्ण र खुम्बू क्षेत्रको हिमाली दृश्यावलोकन गराउने कार्यक्रम समेत तय गरिएको छ ।
उनले १४ कात्तिकमा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले शुक्रबार संसद सचिवालयलाई पत्र पठाउँदै संसदको संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरिसकेको छ । जसका लागि कात्तिक १२ मै संसद बैठक राखिएको छ ।
सरकारको आग्रहअनुसार सचिवालयले महासचिव गुटेरेसको सम्बोधनको तयारी थालेको हो । महासचिव गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधिसभाको बैठक १२ कात्तिकमा आह्वान गरिसकेको र संसदले इजरायल र गाँजापट्टीमा भएको हमलामा मारिएका बालबालिका तथा नागरिकको सम्झनामा दुःख व्यक्त गर्ने तयारीसमेत गरेको छ । उनको भ्रमणको बेला दुवै सदनको संयुक्त बैठक बस्ने निर्णय भएको छ ।
महामहिम गुटेरेसले १४ कात्तिकको अपरान्ह ४ बजे संघीय संसदको संयुक्त सदनलाई सम्बोधनका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको छ । सोका लागि संसद सचिवालयले आवश्यक तयारी गर्दैछ । संवैधानिक निकायका प्रमुख, राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि लगायतलाई आमन्त्रण तथा अन्य आन्तरिक तयारी भइरहेको छ । सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको संघीय संसदमा त्यसयता विदेशी राष्ट्रप्रमुख तथा विश्वव्यापी संस्थाका पदाधिकारीले सम्बोधन गरेका छैनन् ।
परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसको सम्बोधन विश्व शान्ति, नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायको विषयमा केन्द्रित हुनेछ । महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्दै गर्दा विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म पनि संक्रमणकालीन न्याय टुंगिएको छैन । अपूरो कानुन बन्दा सर्वाेच्च अदालतले नै पूर्ण कानुन बनाउन आदेश दिए पनि संसदले अझै कानुन बनाउन सकेको छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू चार वटा विषयमा सहमतिमा पुग्न सकेका छैनन् ।
टीआरसी विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा अड्किएको छ । उपसमितिले विवाद थाती राखेर प्रतिवेदन बुझाए पनि पूर्ण समितिले सहमति जुटाउन नसक्दा संसदमा आउन सकेको छैन । महासचिव गुटेरेसको भ्रमणलाई लिएर दलहरूले अग्रसरता देखाए पनि निष्कर्षमा पुगेको छैन । परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसलाई नेपाल सरकारले सरकार प्रमुखको कूटनीतिक मर्यादा दिएको छ । नेपाली महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत उच्च पदाधिकारीसँग भेट्ने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
बैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार