भोजपुरमा नाबालिकाको बलात्कारपछि हत्या, अभियुक्त नै खोजीमा हिडेका थिए
नेपालबहस संवाददाता
कात्तिक ६, २०८० सोमबार १३:२६:२८
६ कात्तिक, काठमाडौं । भोजपुरमा गत बिहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ । सात वर्षीया बालिकालाई २१ बर्षीय दीपचन्द्र राईले बलात्कार गरी हत्या गरेका छन् । प्रहरीले हत्यारा राईलाई पक्राउ गरी कानुनी कारबाहीको प्रकृया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका एसपी सुदीप पाठकका अनुसार हत्या अभियोगमा पक्राउ परेका राईले बलात्कार गरी हत्या गरेको स्वीकार गरेका छन् । ‘बिहिबारदेखि हराइरहेकी बालिकाको खोजीमा प्रहरीले जानकारी पाएदेखि नै खोजी कार्यमा लागि रहेको थियो, अभियुक्तलाई शुरुमै नियन्त्रण लिएर सोधपुछको क्रममा हत्या गरेको स्वीकार गरेपछि उनलाई कानुनी कारवाही अघि बढाइएको छ’, एसपी पाठकले भने ।
एसपी पाठकका अनुसार प्रहरीले शनिबार बिहान आमचोक गाउँपालिका–६ टेङलुङछुकस्थित जंगलको गुफामा पानीमुनी बालिकाको शव फेला पारेको थियो । नाबालिका अभियुक्त राईसँगै खेलिरहेको अवस्थामा बिहीबार साँझ ६ बजेदेखि हराइरहेकी थिइन् । परिवारले आफ्नी छोरी खेलिरहेको बेलामा हराएको भन्दै फोनमार्फत प्रहरीलाई जानकारी गराएपछि तत्कालै प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । ‘प्रहरीको टोलीले घरमा पुगेर बालिकाको विवरणहरू लिएको थियो ।
शुक्रबार इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएर नाबालिकाको खोजी गर्न थाल्यो, शंका लागेकाले राईलाई पनि हाम्रो टोलीले नियन्त्रणमा लिइसकेको थियो’, एसपी पाठकले भने । अभियुक्त दीपचन्द्र राई नाबालिकाका छिमेकीसमेत हुन् । मृतक परिवारले उनीमाथि शंका गरेको थिएन, तर उनीसँगै नाबालिका खेलिरहेकाले प्रहरीले शंका गरेर साथमै लिएर अनुसन्धान शुरु गरेको थियो ।
सुरूमा प्रहरीले उनलाई सोधपुछ गर्दा आफूलाई घटनाबारे थाहा नभएको बताइरहेका थिए । तर प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएको थियो । घटना स्वीकार गरेपछि प्रहरीले शव बारे सोधेको थियो । त्यसक्रममा प्रहरी शनिबार बिहान ८ बजे टेङलुङछुकस्थित जंगलको गुफामा पुगेको थियो, जहाँ नाबालिकाको शव फेला परेको थियो । नाबालिकाको शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।
उक्त घटनास्थलमा मुचुल्का उठाएर पोस्टमार्टम गर्न प्रहरीले धरानस्थित अस्पतालमा पठाएको छ । ‘शुरु मै नाबालिकाको घरमा प्रहरी पुगेर अनुसन्धान गर्दा अभियुक्त उम्कन पाएन, समयमै अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरी सफल भयो’, एसपी पाठकले भने । उनका अनुसार यो घटनामा ईप्रका बोयाङ भोजपुरबाट ४ किमी टाढा पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार