भक्तपुरमा आज खःमेय् जात्रा मनाइँदै
नेपालबहस संवाददाता
कात्तिक ६, २०८० सोमबार १३:३०:१८
६ कात्तिक, भक्तपुर । महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सा“स्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ ।
धार्मिक, सांस्कृतिक, र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रुपमा मानी खःमेय् जात्रा मनाइने परम्परा छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रा विजयादशमीको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ ।
महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुनेहुँदा त्यसरुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरुप यस दिन खःमेय्लाई बलिपुजा गरी जात्रा मनाउ“दै आएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।
नवदुर्गा द्योःछें (देवगृह)मा राखिएका खःमेय्लाई जाँडको कट खुवाएर, जिऊभरी सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरुप पुजाआजा गरी नवदुर्गा द्योःछेवाट बाहिर निकाली दौडाएर व्रम्हायणी पीठसम्म पुर्याइन्छ ।
नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्करसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरी कुनै घाउचोट नलागेको, कम्तिमा पनि एकसय धारनी तौल भएको मोटोघाटो चाहिन्छ ।
खःमेय्को स-साना मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी बनाई, धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ । उक्त धुप लक्ष्मीपुजाको दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाशहुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार