चीनका विदेशमन्त्री वाङ यी यसै साता वासिङ्टन डिसी जान सक्ने
नेपालबहस संवाददाता
कात्तिक ७, २०८० मंगलबार १६:४:५८
७ कात्तिक, वासिङ्टन डिसी । चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्ने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ ।
उनको भ्रमण आगमी महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सि जिनपिङबीच सम्भावित बैठकभन्दा अघि हुन गइरहेको छ । अधिकारीहरूका अनुसार विदेशमन्त्री वाङले अक्टोबर २६ देखि २८ सम्म अमेरिकी राजधानी वासिङ्टन डिसीको आफ्नो भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्नेछन् ।
यद्यपि वाङले आफ्नो अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेनलाई भेट्नुहुन्छ वा हुन्न भन्नेबारे अधिकारीहरूले केही उल्लेख नगरेको सीएनएनले बताएको छ । यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बेइजिङमा चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गरेका थिए ।विदेशमन्त्री वाङको अमेरिका भ्रमणलाई ‘जुनमा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको बेइजिङ भ्रमणपछिको एउटा पारस्परिक भ्रमण’ भएको एक चिनियाँ अधिकारीले बताए ।
सीएनएनका अनुसार अमेरिका र चीनबीच तनाव बढिरहेको छ तर बाइडेन प्रशासनले बेइजिङसँग वार्ताका लागि दबाब दिने प्रयास गरिरहेको छ । वाङको भ्रमण यस्तो समयमा हुन गइरहेको छ जतिबेला अमेरिकाले आतङ्कवादी समूह हमाससँग जारी युद्धमा इजराइललाई आफ्नो समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।
“वाङको यो भ्रमण विभिन्न मुद्दामा चीनसँग सञ्चारको खुला च्यानलहरू कायम राख्ने जारी प्रयासको एउटा हिस्सा हो”, चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले भनेको छ । यसका साथै ‘दक्षिण र पूर्वी चीन सागर, क्रस–स्ट्रेट मुद्दा, मध्यपूर्व, युक्रेनमा रुसको युद्ध र उत्तेजक उत्तर कोरिया’ लगायतका मुद्दामा अमेरिकी अधिकारीहरूले चिनियाँ विदेशमन्त्री वाङसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार