स्पेनमा युक्रेनबाट चोरिएको ६ करोड ४० लाख अमेरिकी डलर सुनका आभूषण बरामद
नेपालबहस संवाददाता
कात्तिक ७, २०८० मंगलबार १६:१२:१६
७ कात्तिक, मेड्रिड । स्पेनको प्रहरीले छ करोड युरो 'छ करोड ४० लाख अमेरिकी डलर' भन्दा धेरै मूल्यको सदियौँ पुरानो सुनका कलाकृतिहरू बरामद गरेको बताएको छ । प्रहरीका अनुसार ती आभूषण चोरी गरेर अवैधरूपमा युक्रेनबाट बाहिर लगिएको थियो ।
हार, ब्रेसलेट र झुम्कासहित ११ वटा टुक्रा सन् २००९ र सन् २०१३ को बीचमा किएभ सङ्ग्रहालयमा प्रदर्शन गरिएको थियो र सन् २०१६ भन्दा पहिला युक्रेनबाट तस्करी गरेर ल्याइएको प्रहरीले एक विज्ञप्तिमा बताएको छ । प्रहरीका अनुसार ती सामग्री ईसापूर्व आठौँ र चौथो शताब्दीबीचको भएको अनुमान गरिएको छ ।
तीन स्पेनी र दुई युक्रेनी नागरिक 'तीमध्ये एक अर्थोडक्स चर्चका पादरी' लाई कारबाहीका हिस्साका रूपमा गिरफ्तार गरिएको थियो । उक्त चर्चलाई युक्रेनका साथै अल्बानिया, बुल्गेरिया, साइप्रस र उत्तरी मेसेडोनियामा अधिकारीहरूको सहयोगमा सञ्चालन गरिएको थियो ।
प्रहरीका अनुसार कलाकृतिहरू युक्रेनी अर्थोडक्स चर्चका हुन् भन्ने देखाउनका लागि अङ्ग्रेजी, युक्रेनी र स्पेनी भाषामा नक्कली कागजात बनाइएको थियो । “यी यस्ता टुक्राहरू हुन् जसलाई लिलामी घरजस्ता सामान्य कानूनी माध्यमबाट बेच्न सकिँदैन”, प्रहरी प्रवक्ता अना रामोनले भने ।
सन् २०२१ मा एउटा टुक्रा भेडाको टाउको भएको सुनको बेल्ट म्याड्रिडमा एक व्यापारीलाई विक्री गरिएपछि प्रहरीले आफ्नो अनुसन्धान सुरु गरेको थियो । उक्त अनुसन्धानबाट अन्य १० वटा कलाकृति प्राप्त भयो जसलाई प्रहरीले गत महिना संदिग्धहरूबाट बरामद गरेको थियो । ती टुक्राहरूको अध्ययन स्पेनको राष्ट्रिय पुरातत्व सङ्ग्रहालय र मुलुकको सांस्कृतिक सम्पदा संस्थानले गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार