स्विडेनको नाटो प्रवेश प्रस्तावमा टर्कीएका राष्ट्रपतिद्वारा हस्ताक्षर
नेपालबहस संवाददाता
कात्तिक ७, २०८० मंगलबार १६:१५:१०
७ कात्तिक, अङ्कारा । टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्विडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन् । उनले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसद्मा पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सुरुमा उक्त प्रोटोकलमाथि संसद्को समितिमा छलफल हुनेछ र त्यसलाई मतदानका लागि साधारणसभामा पेश गरिनेछ । अङ्काराले सुरुमा फिनल्यान्ड र स्विडेन दुवै मुलुकले आतङ्कवादका सम्बन्धमा आवश्यक कदम नउठाएसम्म र को सदस्यतालाई अनुरोध गरिएका व्यक्तिहरूलाई सुपुर्दगी नगरेसम्म उनीहरूको नाटोमा सदस्यतालाई स्वीकृत नगर्ने बताएको थियो ।
स्विडेनमा कुरान जलाएको घटनालाई लिएर टर्कीएले कडा प्रतिक्रिया जनाएको थियो । यद्यपि फिनल्यान्ड र त्यसपछि स्विडेनको नाटो सदस्यताको भिटो क्रमशः हटाइयो । टर्कीएको संसद्ले मार्चमा फिनल्यान्डको नाटोमा प्रवेश गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो तर प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी 'पीकेके'लाई कथित समर्थन गरेका कारण स्विडेनको नाटोमा प्रवेश गर्ने प्रस्तावमाथि टर्कीए अनिच्छुक देखिएको थियो ।
स्विडेनले नाटो सदस्यता लिने प्रक्रियामा आफ्नो आतङ्कवाद विरोधीकानूनमा नयाँ संशोधनहरू गरेको छ तर उसले टर्कीएले अनुरोध गरेको ‘संदिग्ध आतङ्कवादी’हरूलाई सुपुर्दगी गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार