तलेजु भवानीका वाहन सेतो घोडा जात्रा सम्पन्न
नेपालबहस संवाददाता
कात्तिक ८, २०८० बुधबार ९:२७:४५
८ कात्तिक, भादगाउँ । तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ ।
जात्रा अगाडि तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विर्सजन पूजा सम्पन्न गरिन्छ । पूजा सम्पन्न भएपछि घोडालाई विधिवत्रुपमा पूजा गरी भेडा बलि दिइसकेपछि भक्तपुर नगरमा डुलाइ घोडा जात्रा सुरु गरिने तलेजुका आचाजु सिद्धिविर कर्माचार्यले जानकारी दिए ।
घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र तमारी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिन्छ ।
तलेजुको पायःद्यो जात्रा सम्पन्न
बडादशैं र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो 'खड्ग देव' को जात्रा गए राति सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात्त रूप मानिने पायःद्यो लाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाइने गरिन्छ ।
बडादशैंको राति तलेजु आगम मन्दिरको ख“ कुथि कोठावाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शास्त्रअस्त्रसहित तलेजुको प्रतीरुप पायःद्योलाई तलेजुका मूल आचाजु र पुरोहितले राजोपाध्यलाई हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पुजारी नरेन्द्र जोशीले बताए ।
जात्राका क्रममा तलेजुमा राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ ।
पायःद्योले दरबार स्क्वायरस्थित स्वर्णद्वार पुगेपछि पङ्क्तिबद्धरुपमा प्रतीक्षारत रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धी प्रदान गर्छन् । तलेजु भवानीबाट मन्त्रसिद्धी प्राप्तिपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित पथयात्राका लागि अगाडि बढ्ने प्रचलन रहेको छ । यो जात्रा चन्द्रमासको तिथि र गतिका आधारमा नभइकन माथिल्लो र तल्लो टोलमा गर्ने परम्पराको आधारमा हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा
असोज ३, २०८१ बिहिबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
यी हुन सहकारी ठगेर फरार भएका २९ जना, को कुन देशमा बसेका छन लुकेर ?
असोज ४, २०८१ शुक्रबार
वसन्तपुरमा ‘हाथु हायेकेगु' प्रसाद खान महिलाहरूको तँछाडमछाड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई मिराज बेकरीमा विशेष छुट
असोज ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाले सार्वजनिक गर्यो सहकारी छानबिन समितिको प्रतिवेदन: हेर्नुहोस पूर्णपाठ
असोज ४, २०८१ शुक्रबार