दुर्गा भवानीको मूर्ति आज नदीमा सेलाइँदै
नेपालबहस संवाददाता
कात्तिक ८, २०८० बुधबार १४:५५:४५
८ कात्तिक, खजुरा 'बाँके' । नवरात्रको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मूर्ति 'प्रतिमा'आज नदीमा सेलाइँदैछ । बाँके जिल्लाका शहर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएको दुर्गा मूर्तिलाई राप्ती नदी, मानखोला र कर्णालीमा लगेर सेलाउने गरिन्छ ।
ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावा लस्करका साथ, बाजागाजासँगै बैण्ड बाजा बजाएर नाँचगान गर्दै 'जय मातादी' को नारा लगाउँदै मूर्ति सेलाइने गरिएको दुर्गा पुजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए ।
आज सबै मूर्ति लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइन्छ । मूर्ति सेलाउने क्रममा भक्तजनका लागि प्रसाद वितरण, भजन कीर्तन समेत गरिन्छ । घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति नौ दिनसम्म विशेष पुजापाठ गरी दशैं भोलीपल्ट अर्थात आज सेलाउने परम्परा रहेको दुर्गा मूर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताए ।
उनका अनुसार मूर्तिमा विशेष गरी नौ दिनसम्म दुर्गा सप्तशतीको पाठ गर्ने गरिन्छ । नवमीका दिन विशेष पुर्णाहुति गरी पूजापाठ सकिन्छ । आजको कार्यक्रम सौहार्दपूर्ण र सामाजिक सद्भावको वातावरणलाई सुदृढ बनाउन विशेष सुरक्षा व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
दुर्गा मूर्ति विसर्जन ¥याली निस्कने भएकाले ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन आज बिहान ८ बजेदेखि राती १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको छ ।
दुर्गा भवानीको मूर्ति विसर्जन ¥यालीअत्यन्तै मर्यादित, अनुशासित, शान्तएवम् शौम्य तुल्याउन साँझ ५ बजे अघि नै मूर्ति विसर्जन सक्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँके जिल्लामा करिब ६०० दुर्गा मूर्ति रहेका छन् । नेपालगन्जमा मात्र ५६ वटा मूर्ति पुजाका लागि स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार