अस्ट्रेलियाले मध्यपूर्वमा आफ्ना नागरिकहरूका लागि सेना र विमान पठाउँदै

नेपालबहस संवाददाता
कात्तिक ८, २०८० बुधबार १६:४९:२२

८ कात्तिक, सिड्नी । मध्यपूर्वमा अस्ट्रेलियाली नागरिकहरूलाई लिएर चिन्ता बढेसँगै अस्ट्रेलियाले त्यहाँ सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको बताएको छ ।
रक्षामन्त्री रिचर्ड माल्र्सले ‘ठूलो सङ्ख्यामा’ सेना पठाउन लागेको बताए पनि सैन्य सङ्ख्याबारे जानकारी दिएन । दुई वटा सी–१३०जे हरकुलस विमान तैनाथ गरिएको उनले जानकारी दिए ।
उपप्रधानमन्त्री समेत रहेका माल्र्सले विमान र सेना कहाँ आधारित हुनेछन् भन्नेबारे खुलाएन । विमानहरूले उक्त क्षेत्रमा पहिला नै सी–१७ए ग्लोबमास्टर यातायात विमान र केसी–३० एयर रिफ्युलर थप्ने बताइएको छ ।
“मध्यपूर्वमा यदि स्थिति बिग्रँदै गयो भने अस्ट्रेलियाली जनतालाई सहयोग पुर्याउनु यसको उद्देश्य हो”, उनले भने ।
इजराइल–हमास युद्ध अक्टोबर ७ मा गाजापट्टीबाट प्यालेस्टिनी आतङ्कवादी समूह हमासले इजराइलमाथि सुरु गरेको आश्चर्यजनक आक्रमणका कारण सुरु भएको हो । युद्ध सुरु भएपछि दुवैतर्फ हजारौँ नागरिक मारिएका छन् ।
अक्टोबर १३ देखि अहिलेसम्म आठ सयभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई इजराइलबाट बाहिर निकालिसकिएको छ । रक्षामन्त्री माल्र्सले सरकारले गाजामा ७९ र पश्चिमकिनारमा ५१ नागरिकलाई सहयोग गर्ने प्रयास गरिरहेको बताए । उनका अनुसार तिनीहरूलाई छोड्न भनिएको छ ।
मध्यपूर्वमा अस्ट्रेलियाको सैन्य उपस्थितिको एउटा लामो इतिहास छ । अस्ट्रेलियाली सेनाले इराक र सिरियामा इस्लामिक स्टेट समूहसँग लड्ने संयुक्त कार्यबलमा सैनिकहरूलाई योगदान दिने गरेको छ । उक्त कार्यबलले इराकी सुरक्षा फौजलाई प्रशिक्षण दिँदै आएको छ ।
यसअघिको कट्टरपन्थी सरकारअन्तर्गत अस्ट्रेलियाले सन् २०२० मा एसिया–प्रशान्त क्षेत्रमा आफ्नो रक्षा प्रतिबद्धताहरूमा ध्यान केन्द्रित गर्ने बताएको थियो । परिणामस्वरूप सो सरकारले मध्यपूर्वमा एउटा नौसैनिक जहाजको वार्षिक परिचालनलाई रोकेको थियो । यसबाट नेभिगेसन र सुरक्षाको स्वतन्त्रताको समर्थन गर्ने ३० वर्षको प्रतिबद्धता अन्त्य भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार