उपाधि जितेर स्वदेश फर्कियो नेपाली टोली : कप्तान भन्छन् :- हाम्रो मुख्य परीक्षा बाँकी नै छ
नेपालबहस संवाददाता
कात्तिक ९, २०८० बिहिबार ११:५४:२०
९ कात्तिक, काठमाडौं । एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेर नेपाल फर्केको नेपाली किक्रेट टोलीका कप्तान देव खनालले, आफूहरूको मुख्य परीक्षा बाँकी नै रहेको बताएका छन् ।
मलेसियामा सम्पन्न प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेर स्वदेश फर्किएको नेपाली टोलीका कप्तान खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टोलीले राम्रो प्रदर्शन गर्दै आएको र दुवैमा क्वालिफायर भएपनि आफूहरूको मुख्य परीक्षा अझै पनि बाँकी नै रहेको बताएका छन् ।
उनले भने, ‘हाम्रो टोलीले वल्र्डकप र एसिया कप क्वालिफलायर गर्यौं । मलाई हाम्रो मुख्य टेस्ट अब हुन्छ जस्तो लाग्छ । टेस्ट प्लेइङ राष्ट्रका टोलीहरुसँग अब खेल्नुपर्छ, त्यहीबाट हाम्रो टेस्ट सुरु हुन्छ ।’ उनले सबैले राम्रो प्रदर्शन गरेकै कारण टोलीले यो उपलब्धि हासिल गरेको समेत बताए ।
‘हामी सबै जनाको माइण्डसेट क्लियर थियो । त्यही १४ जनाले टीमले वल्र्डकप क्वालिफायर गरायौं, यही टीमले एसिया कप पनि क्वालिफायर गराउँछौं भन्ने नै थियो । हामी सबै जनाको ध्येय नै टीमलाई क्वालिफायर गराउने थियो । सोही अनुसार टोलीले ग्राउण्डमा प्रदर्शन गरेकै कारण च्याम्पियन भयौं’, खनालले भने ।
एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेको नेपाली किक्रेट टोली आज स्वदेश फर्केको हो । क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले फुलमाला र खादाले टोलीलाई विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार