बाइबल कलेजका प्रिन्सिपलले कुटे आफ्नै कर्मचारी, ख्रिष्ट्रियन समुदायमा आर्थिक अपचलन र अपारदर्शीताको जालो
नेपालबहस संवाददाता
कात्तिक ९, २०८० बिहिबार १२:४९:४९
९ कात्तिक, काठमाडौं । ललितपुरको सुनाकोठीमा रहेको नेपाल प्रेस बेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि बोर्ड सदस्यबाटै कुटपिट भएको छ ।
सन् १९९५ मा विद्यार्थीको रुपमा प्रवेश गरी २०१६ बाट मिशन कोअर्डिनेटर र अहिले लाइब्रेरी डिपार्टमेन्टमा कार्यरत सोम लामालाई बाइबल कलेजको ६ रोपनी ३ आना जग्गाको विषय र आर्थिक अपचलनको विवाद बाहिर आउने डरले कलेजका बोर्ड सदस्य राजेश जोशीको नेतृत्वमा कुटपिट भएको लामाको पारिवारिक स्रोतले बताएको छ । प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पूर्ण लामाको समूहले असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कलेज हाताभित्र ४/५ जनाको समूहले सोम लामालाई कुटपिट गरेका हुन् ।
कुटपिट गर्ने राजेश जोशी कलेजका बोर्ड सदस्य र सोही कलेजमा संचालन भएको होप चर्चका डिकन हुन् भने भारतीय व्यक्ति प्रकाश लामा प्रिन्सिपल छन् । भारतीय ज्यादती रहेको यस बाइबल कलेजको अध्यक्ष भने क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर तथा नेपाल ख्रिष्ट्रियन समाजका सह अध्यक्ष पास्टर मंगलमान महर्जन हुन् ।
प्रहरीका अनुसार बाइबल कलेजको जग्गा विवादमा संलग्नता रहेको आशंकामा सोधपुछ गर्ने बहानामा सोम लामालाई कुटपिट गरी सख्त घाइते बनाएको छ ।
राजेश जोशीको समूहको कुटपिटबाट सोम लामा सिकिस्त बिरामी भएका छन् । चियाको बहाना बनाई कलेजको कोठामा थुनेर उनीहरूले अश्लील शब्दसहित गाली गर्दै लाठीले टाउको र खुट्टामा प्रहार गरेको प्रहरीले जनाएको छ । राजेश जोशीसहितको समूहलाई गत आइतबार सार्वजनिक अपराधमा मुद्दा दायर गरेको जावलाखेल प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।
४७ वर्षिया सोम लामाले भने, ‘चिया खान जाऔँ भनेर राजेश जोशी जीले भन्नुभयो र म कोठा भित्र गए, बाइबल कलेजको जग्गामा तपाईँको भुमिका के हो भन्दै मलाई गाली गर्नुभयो, मैले आफ्नो कुरा राख्न खोज्दै थिए, एक्कासि मलाई राजेश र उनको समूहले हातपात गरे र म अर्ध चेत भए, धेरै हारगुहार गरे तर कोही मलाई बचाउन आएनन्,’ पीडित लामाका अनुसार बोर्ड सदस्य राजेश जोशी, सविना थापा र प्रिन्सिपल प्रकाश लामा र उनका भाई पूर्ण लामाले उनलाई ज्यान मार्ने धम्की दिएका छन् भने उनीहरूले सोही कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई प्रयोग गरेर केही महिना अघि सांघातिक आक्रमण पनि गरेको बताए ।
सुनियोजित रुपमा ज्यान लिने तरिकाले कार्यालय परिसरमा लाठी तथा हतियारको प्रयोगद्वारा आफ्नो दाईमाथि कुटपिट भएको र कुटपिटबाट उनको शरीरमा निलडाम छ भने उनको शारीरिक अवस्था निकै गम्भीर रहेको उनका भाइ सुरेश कुमार योञ्जनले जानकारी दिए ।
घटनाका बारेमा कलेजका अध्यक्ष मंगलमान महर्जनलाई बुझ्दा उनले आफूलाई यस विषयमा केही थाहा नभएको भनेर नाटकीय शैलीमा पन्छिन खोजे । उनले घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई आवश्यक कारबाही गर्ने आश्वासन दिएको केही दिन बित्न नपाउँदै हाल उनी इन्डोनेसिया भ्रमणमा निस्केका छन् ।
इभान्जेलिकल ख्रीष्टियन एलायन्स अफ नेपालका संस्थापक अध्यक्ष साइमन पिटरले सो घटनाको दुःख व्यक्त गर्दै उक्त घटना कुनै पनि हालतमा ख्रिष्ट्रियन चरित्र नभएकोले समग्र ख्रिष्ट्रियन समुदायमा यसले चिन्तित बनाएको र समाजसँगको सम्बन्धमा पनि नकरात्मक असर पारेको बताए ।
पीडित सोम लामाले कुटपिट गर्नेहरू विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइदिन जावलाखेल प्रहरी समक्ष आग्रह गरेको छ । पीडितको उजुरी अनुसार नै पीडित र पीडकलाई छलफलमा बोलाएर आवश्यक सोधपुछ गर्ने र मिलापत्र हुन नसकेमा सार्वजनिक अपराधमा मुद्दा दायर गर्ने जावलाखेल प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।
कानुन नहुँदा धार्मिक प्रयोजनको लागि खरिद गरेको जग्गामा व्यक्तिको रजाइँ
नेपालका इसाईहरूमा ईश्वर शास्त्रीय अध्ययनमा सहयोग गर्ने उद्देश्यले सन् १९८६ मा कोरियन प्रेस बेटरियन चर्चका रुपमा साउथ कोरियाको तर्फबाट नेपालमा पहिलो मिशनरीका रुपमा आएका डा. संग हो ली ले ललितपुरको सुनाकोठीमा नेपाल प्रेस बेटरियन थियोलोजिकल सेमिनारीको स्थापना गरेका थिए ।
डा. लीले तत्कालीन अवस्थामा बाइबल कलेजको प्रयोजनका लागि भन्दै ६ रोपनी ३ आना जग्गा खरिद गर्ने निर्णय गरे र त्यस बेला लीले पीटरको एकल नाममा सो जग्गा खरिद गर्ने बताए र उनले सो जग्गाको सिमाकंन पनि गरे तर तत्कालीन नेपाल राष्ट्रिय मण्डली संगति एनसीएफका अध्यक्ष एडोन रोगोंग र मंगलमान महर्जनको मिलेमतोमा सो जग्गा आफ्नो नाममा बनाउनको लागि ठूला षडयन्त्र गरेको स्रोतको दाबी छ । पछि सोही जग्गालाई लिएर साइमन पिटरलाई ज्यान मार्ने समेत धम्की दिएको इतिहास छ ।
हाल सो ६ रोपनी ३ आना जग्गा मंगलमान महर्जन, राधेश्याम श्रेष्ठ र मुकुन्द कुमार खड्काको नाममा छ तर जग्गाका एक धनी मुकुन्द कुमार खड्काको नशा सम्बन्धी रोगका कारण मृत्य भएपश्चात उनका छोराले जग्गाको हकदावी गरी मुद्दा मामिलाबाट २ रोपनी ३ आना जग्गा लगिसकेको बताइएको छ ।
यी त एक प्रतिनिधि उदाहरणहरू मात्र हुन्, उचित कानुन नहुँदा धार्मिक समुदायले प्रयोग गर्दै आइरहेको जग्गा जमिन र सम्पत्तिमा व्यक्तिको रजाइँ रहेको छ । यसरी ख्रिष्ट्रियन लगायतका धार्मिक समुदायमा धेरै वर्षदेखि धार्मिक समुदायले प्रयोजन गर्दै आएको जग्गाबारे राज्य बेखबर भइदिँदा र उचित कानुन नबनाउँदा अहिले यस्ता धेरै विवाद र समस्या आउने गरेको पाइएको छ । धार्मिक समुदायमा विकृति मौलाउँदै गएको यो उदाहरण मात्र हो ।
धर्मनिरपेक्षताकाे आडमा पछिल्लो समय अल्पसंख्यक ख्रिष्ट्रियन धार्मिक समुहहरुले आर्थिक अपचलन र अपारदर्शीताको जालो फैलाइरहेको ख्रिष्ट्रियन समुदायका विज्ञ जानकारहरु बताउँछन् । एकातिर राज्यको ध्यान नजाँदा लामो समय देखि धार्मिक समुदायका धर्मगुरुहरुले गैरकानुनी रुपमा अशुद्ध तरिकाले सम्पत्ति आर्जन गर्ने र कुनै पनि श्रम लगायतका आर्थिक कारोबार नगरी धन थुर्पानाले देशको अर्थतन्त्रलाई गैरकानुनी तरिकाले लुटिरहेको जानकारहरु बताउँछन् ।
देशमा कानुन नबन्दाको फाइदा उठाई व्यक्तिको नाममा अकुत जग्गा जमिन, अवैध बैकिंङं आर्थिक कारोबार गर्नाले अन्ततः मुलुकको समग्र अर्थतन्त्रलाई ध्वस्त बनाउने हुँदा कडा कानुन ल्याउन र धार्मिक संस्थामाथि कडाइका साथ अनुगमन गर्न स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार गम्भीर हुन जरुरी रहेको सम्बद्ध पक्षको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार