श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १०, २०८० शुक्रबार १२:४:५५
१० कात्तिक, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो ।
श्रीमान्–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए । हत्या गर्ने श्रीमान्लाई गए राति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए । बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यही पुगेर श्रीमानले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । मृत श्रीमतीको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पतालमा लगिएको थियो । शेर्पा दम्पतिका दुई छोरी छन् ।
यसैबीच जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी २६ वर्षीया एलिना मगरको मृत्यु भएको छ । दशमीका दिन घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गुमाएकी उनको शव जिल्ला अस्पतालमा लगेर परीक्षण गरेपछि बिहीबार अन्तिम दाहसंस्कारका लागि प्रहरीले आफन्तलाई जिम्मा लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
असोज ३, २०८१ बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज २, २०८१ बुधबार
सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राउ
असोज १, २०८१ मंगलबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार