कांग्रेस महासमितिमा युवाको अर्थपुर्ण उपस्थिति आवश्यक
यज्ञप्रसाद भट्टराई
कात्तिक १०, २०८० शुक्रबार १२:३४:३९
१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न भएको झन्डै दुई बर्ष बित्न लागि सक्दा पनि अझै धेरै जिल्लाहरुमा महासमिति सदस्यहरु चयन हुन सकेका छैनन् । महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा गर्ने प्रस्ताव गरिएको छ । कांग्रेस पार्टीको नीति निर्माण गर्ने स्थायी समितिका रुपमा रहने महासमिति सदस्यको यस विचमा न त कुनै बैठक बसेको छ, न त यसको आवश्यकता पुष्टि हुने कुनै किसिमका कार्यक्रमहरु नै तय गरिएको देखिन्छ ।
कुनै पनि राजनीतिक दलको रक्तसञ्चार भनेको उसका केन्द्रदेखि वडा स्तरसम्म रहेका समितिहरु नै हुन । अझ राजनीतिक दलको मुटु भनेको बनेका समितिहरुलाई चलायमान बनाउनु नै हो । यसलाई चलायमान बनाउन समितिहरुको बैठक, छलफल, अन्तरक्रिया, अन्तरसम्बाद, सञ्चालन हुन आवश्यक छ । तर नेपाली कांग्रेसको १४ औँ महाधिवेशनपछि कुम्भकर्ण झै निदाएर बसेको कांग्रेसमा पछिल्ला दुईवटा केन्द्रीय समितिको बैठक सफलतापुर्बक सम्पन्न हुनुलाई पनि उपलब्धिका रुपमा नै लिनुपर्दछ । यसका साथै भर्खरै मात्रै वडा, पालिका, प्रदेशसभा, क्षेत्रीय समिति र जिल्ला समितिहरुको पहिलो सम्मेलन समेत सम्पन्न गरिएको छ ।
यसले तमाम कांग्रेस नेता तथा कार्यकर्ताहरुमा नेपाली कांग्रेस पार्टी जिवितै रहेछ भन्ने विश्वास पलाएको छ भने त्योभन्दा ठुलो नेतृत्वप्रति रोश, द्वष, र आक्रोसले स्थान जमाएको समेत देखिएको छ । यसपटकका सम्मेलनहरुमा केही हदसम्म भएपनि कार्यकर्ताहरुले नेतालाई सिधा प्रश्न गर्ने, समस्या राख्ने र नेतृत्वका गलत कदमप्रति औला उठाउने अभियानको शुरुआत भने भएको देख्न पाइएको छ ।
धेरै जिल्लामा महासमिति सदस्य छनौटको कार्य बाकी रहेकै बेला केन्द्रिय समितिले मंसिरमा महासमिति सदस्यहरूको भेला आयोजना गर्ने निर्णय गरिसकेको छ । केन्द्रको उक्त निर्णयसँगै महासमिति समिति सदस्य छनौट हुन बाँकी रहेका जिल्लाहरुमा महासमिति सदस्य निर्वाचन गर्ने कार्य समेत अगाडि बढेको देखिएको छ । भर्खरै कोशी प्रदेशमा भएको राजनीतिक उतार चढावलेसमेत कोशी प्रदेशमा विभिन्न जिल्लामा अब हुन लागेको नेपाली कांग्रेसको महासमिति सदस्यको निर्वाचनलाई समेत प्रत्यक्ष असर पार्न सक्ने अवस्था देखिएको छ्र
विगतमा महासमिति सदस्यहरु छनौट गर्दा अपनाइएको प्रक्रिया भने यसपटक परिवर्तन हुने अवस्थामा पुगेको देखिएको छ । नेपाली कांग्रेसको चौधाँैं महाधिवेशनमा धेरै नै युवा नेतृत्वले क्षेत्रिय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमा प्रतिनिधित्व गरेका कारण पनि उनिहरु महासमिति सदस्य बनेर पार्टी संगठनमा स्थापित हुन चाहिरहेका देखिन्छन् । यसपटक उमेरले डाडा काटेका र यसअघि पटकपटक महासमिति सदस्य भई सकेका पुराना नेतृत्वलाई विस्थापित गर्दै नयाँ उर्जाशील उमेर समूहका युवा नेतृत्वहरु महासमिति सदस्यमा प्रतिनिधित्व गर्न तम्तयार भएका देखिएका छन् ।
झन्डै एकतिहाई जिल्लामा हुनलागेको महासमिति सदस्य छनौटमा यसभन्दा अघि दुई वा दुई पटक भन्दा बढी महासमिति सदस्य भइसकेका नेताजीहरूलाई फेरीपनि महासमिति सदस्य बन्न त्यति सजिलो भने देखिएको छैन । यश पटकको महासमिति सदस्य बन्ने प्रक्रियामा अगाडि बढ्दा उनिहरुले विगतमा महासमिति सदस्य बन्दा पार्टी संगठन र केन्द्रीय राजनीतिमा के के काम गर्नुभयो ? महासमिति सदस्यमा तपाइको उपस्थितिले पालिका, प्रदेशसभा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा के कस्ता उपलब्धिहरु हासिल भए ? पार्टीलाई गुटबन्दी हुनबाट बचाउन तपाइको कस्तो भूमिका रह्यो या पार्टीभित्र चरम गुटबन्दी गरेर इमानदार र सक्षम नेतृत्व पाखा लगाउने कार्यमा मात्र समय खर्चिनु भयो ? यी र यस्ता खरो प्रश्नहरूको उत्तर दिनुपर्ने अवस्था देखिएको मात्र छैन, अझै महासमिति सदस्य बन्ने धोको बोकेका नेतृत्वले अब फेरि महासमिति सदस्य बने पछि पार्टीलाई एकताबद्ध बनाएर लैजान के कस्ता अभियान सञ्चालन गर्नुहुन्छ ? भनेर चित्तबुझ्दो र विश्वासयोग्य उत्तर पनि खोज्ने भएका छन् ।
विगतमा झैँ पुराना, त्यागी, एकपटकलाई अवसर दिउँ, दाई र दिदीका लागि एकपटकलाई ठाउँ खाली गरिदिउँ, बुवा र हजुरबुवालाई सर्वसम्मत महासमिति सदस्य बनाउँ भन्ने अभियानले यस पटक भने काम नगर्ने अवस्था देखिएको छ । दाई र दिदीसँग राजनीतिमा सँगै होमिएर पचासौ बसन्त पार्टी संगठनका लागि तन मन र धन सबै कुराहरु अर्पण गरेका युवाहरुले यसपटक महासमिति सदस्यमा अर्थपूर्ण हस्तक्षेप गर्ने भएका छन् । पार्टी रुपान्तरणका लागि महासमिति सदस्यमा युवाको अर्थपुर्ण उपस्थिति आवश्यक अपरिहार्य भैसकेको देखिन्छ । यसका लागि यसपटक महासमिति सदस्य छनौट हुन बाँकी रहेका जिल्लाका क्षेत्रीय प्रतिनिधिहरुले नयाँ अनुहार र युवा नेतृत्वलाई महासमिति सदस्यमा निर्वाचित गरेर पठाउने पहल समेत गरिसकेको बताएका छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार