नेशनल लाईफले गर्यो भुकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
कात्तिक १०, २०८० शुक्रबार १५:७:५६
१० कात्तिक, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले गत असोज १६ गते आएको भुकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित श्री बाल विकास माध्यमिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
बाल विकास माध्यामिक विद्यालयको प्राङ्गाणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्त्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हद सम्म भएपनि राहत मिल्ने धारण व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा, विद्यालयका प्रधानाध्यापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले यस विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने जानकारी दिदै आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनीलाई र आफ्नो विद्यालयसम्म आई सहयोग हस्तान्तरण गर्ने प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार