शनिबार सानेपा पार्टी कार्यालयमा कांग्रेसको चियापान
नेपालबहस संवाददाता
कात्तिक १०, २०८० शुक्रबार १६:५:५८
१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोली शनिबार चियापान कार्यक्रम गर्ने भएको छ । विगत जस्तै यस वर्ष पनि चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको कांग्रेस सूचना तथा सञ्चार विभागका प्रमुख मीन बिश्वकर्माले जानकारी दिएका छन् ।
वि.सं. २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा २०८० कात्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन बी.पी. नगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको विश्वकर्माले बताए ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकार मन्त्री परिषदका सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरु, कूटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरू, पेशागत एवं बुद्धिजीवीहरुलाई बोलाएको छ ।
यसै गरी नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरू, विभिन्न सञ्चार माध्यमका प्रमुखहरु, पत्रकारहरू, गैर–आवासीय नेपालीहरूको संघ–संस्थाका प्रमुखहरु लगायतका विशिष्ट महानुभावहरू, नेपाली कांग्रेसका सदस्यहरू एवं शुभेच्छुकहरूको सहभागिता हुने भएकोले उक्त दिन शुभकामना आदान–प्रदान गर्दै चियापानका साथ समाचार संकलन तथा प्रसारणार्थ उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिएको विश्वकर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार