अनुदानको बीउ रोप्ने किसान मर्कामा
नेपालबहस संवाददाता
कात्तिक १०, २०८० शुक्रबार १६:५७:३१
१० कात्तिक, चितवन । खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन् ।
खैरहनी नगरपालिका–९ का रवीन्द्र पाठकले अहिले धानको उत्पादनले घाटा मात्रै बेहोर्नु परेको बताए । उनले भने, “अघिल्ला वर्षहरुमा एक कट्ठामा चार मुरीसम्म धान फलेको थियो । अहिले एक कट्ठामा एक मुरी मात्रै फलेको छ ।”
नगरपालिकाले ५० प्रतिशत अनुदानमा साँवा मन्सुली धानको बीउ उपलब्ध गराएपछि त्यही धान लगाएको जनाउँदै उनले भने, “यस वर्षको उत्पादनले खान त पुग्ला । जोत्ने, गोड्ने, काट्ने खेतालालाई कसरी तिर्ने ।” आफूले तीन बिघा चार कट्ठा क्षेत्रफलमा साँवा मन्सुली धान लगाएको बताउँदै उनले आफू मात्रै नभएर अनुदानको धानको बीउ रोप्ने सबै किसान मर्कामा परेको गुनासो गरे । पालिकाले अनुदानमा दिएको धानको बीउ माटो सुहाउँदो छ÷छैन भन्ने बुझेरमात्र गर्नुपर्नेमा त्यस्तो नहुँदा समस्या आएको उनले बताए ।
अघिल्ला वर्षहरुमा सावित्री धान लगाउने गरेका पाठकले अहिले धानको बीउमा परिवर्तन गरे। यस पालिकामा अनुदानमा चार हजार दुई सय किलो धानको बीउ वितरण गरिएको थियो । ७० हेक्टर क्षेत्रफललाई पुग्ने अनुमानका साथ बीउ वितरण गरिएको भए पनि उत्पादन आशा गरे अनुसारको नभएको कृषि शाखाका प्रमुख गौरव न्यौपानेले बताए । सङ्घीय सरकारको बजेटमा अनुदानमा बीउ वितरण गरिएको भए पनि त्यस बीउबाट फल राम्रो लाग्न नसकेको उनले बताए।
उनले भने, “सरकारले बनाएको डेसिसमार्फत धान खरिद गरी किसानलाई उपलब्ध गराएका हौँ ।” यस धानमा ९० प्रतिशतमा रोग र किराको प्रकोप देखिएको उनले बताए । सित ब्लाइट, सित रट, गवारो, ब्याक्टेरियल प्यानिगल ब्लाइट 'दाना डडुवा' जस्ता समस्या देखिएकाले पनि धान उत्पादनमा कमी आएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए । अनुदानमा दिइएको धानमा दुई सय ४५ टन उत्पादन हुने अनुमान गरिएको भए पनि २० देखि ३० प्रतिशतमात्र उत्पादन भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार