चीनद्वारा ‘स्थिर’ अमेरिकी सम्बन्धको आह्वान
नेपालबहस संवाददाता
कात्तिक १०, २०८० शुक्रबार १७:२९:३५
१० कात्तिक, एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले बिहीबार महिनौँको अशान्तिपछि अमेरिकासँग अधिक स्थिर सम्बन्धको अपेक्षा गरेको बताएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्भावित अमेरिका भ्रमणको तयारीका लागि वासिङ्टनको दुर्लभ भ्रमणका क्रममा विदेशमन्त्री वाङले सो कुरा बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया–प्रशान्त आर्थिक सहयोग 'एपीईसी' शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सिलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग भेटवार्ता गरेर भ्रमणको सुरुआत गरेका छन् । भेटमा विदेशमन्त्री ब्लिङ्केनले आफ्ना पाहुनासँग आफू ‘रचनात्मक कुराकानी’ का लागि उत्सुक रहेको बताए ।
जुन महिनामा बेइजिङको भ्रमणमा आएका ब्लिङ्केनलाई वाङले चीन ‘असमझदारी कम गर्न’ चाहेको बताए । “चीन सामान्य आधारको विस्तार गर्न चाहन्छ र सहयोगलाई अगाडि बढाउन चाहन्छ जसले दुवै मुलुकलाई लाभ हुनेछ । हामी अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउन सकौँ र त्यसलाई स्वस्थ, स्थिर र दिगो विकासको मार्गमा फर्काउन सकौँ”, उनले भने ।
मतभेद अझै आउने कुरा स्वीकार गर्दै वाङले भने, “चीनले शान्तिपूर्वक जवाफ दिनेछ किनकी के सही हो र के गलत हो भन्ने कुरा कसको हात बलियो र आवाज उच्च छ भन्ने कुराले निर्धारण गर्दैन भन्ने हाम्रो भनाइ हो ।”
शुक्रबार वाङले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसँग कुराकानी गर्नेछन् । राष्ट्रपति बाइडेनसँग कुनै बैठकको घोषणा गरिएको छैन तर बेइजिङमा राष्ट्रपति सिले ब्लिङ्केनलाई भेट दिएपछि बाइडेनसँग वाङको भेटवार्ता हुने व्यापक अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु
कात्तिक २४, २०८१ शनिबार
ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी
कात्तिक २४, २०८१ शनिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
कालीगण्डकी करिडोर:म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कात्तिक २५, २०८१ आइतबार
आजको मौसमः पहाडी क्षेत्रमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
कात्तिक २५, २०८१ आइतबार
महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल
कात्तिक २५, २०८१ आइतबार
फाल्गुनन्दको योगदान सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय छन् : उपराष्ट्रपति यादव
कात्तिक २५, २०८१ आइतबार
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने
कात्तिक २५, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २५, २०८१ आइतबार