आजबाट सकियो दशैं, एक महिना लामो कार्तिक स्नान र आकाश दीप प्रज्वलन सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ११, २०८० शनिबार ९:१:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/goddess_lakshmi_f8zgsOYYzO_xvD8kS5fxo.jpg)
११ कात्तिक, काठमाडौं । आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष आजबाट समाप्त हुँदै छ । आज अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको रातीभरि जाग्राम बसेर पूजाआराधना गरेपछि औपचारिक रूपमा बडा दशैं सकिन्छ ।
आजबाट गरिने बडादशैंको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीप एक महिनासम्म प्रन्वलन गरिन्छ । वर्ष दिनमा १२ वटा र अधिकमास परेका बेला थप एक पूर्णिमा पर्छन् । धन र बैभवकी देवी महालक्ष्मीले कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमण गर्ने र लक्ष्मीको रातभरि जागै बसेर जसले पूजा–आराधना गरिरहेको छ । उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ ।
यही विश्वासका कारण आज राति गृहिणीहरू पूजा कोठा वा पवित्र स्थानमा जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्ने गर्दछन् ।कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजा अर्चना गरी त्यस वर्षको बडादशैंको समापन भएको र आकाशदीप तथा कार्तिक महात्म्य सुरु भएको जनाउ दिने प्रचलन छ ।
यो सँगै आश्विन शुक्लपक्ष कोजाग्रत पूर्णिमाका दिनदेखि कार्तिक शुक्ल पूर्णिमासम्म प्रसिद्ध नदी, त्रिवेणी , महत्त्वपूर्ण तलाउ तथा तीर्थस्थलमा स्नान गरिन्छ एक महिनासम्म कार्तिक स्नान गरि आकाशदिप दान गर्ने कार्यको सुरु हुन्छ । शास्त्रअनुसार कार्तिक स्नान गर्दा ब्रह्ममुहूर्तमा गर्नु उत्तम रहने मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस महामन्त्री गगन थापाले महाकुम्भमा स्नान
फागुन ५, २०८१ सोमबार
देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार