आज नेपाली कांग्रेसको चियापान
नेपालबहस संवाददाता
कात्तिक ११, २०८० शनिबार १०:५७:४५
११ कात्तिक, काठमाडौं । आज नेपाली कांग्रेसले चियापानको आयोजना गर्दैछ । दशैं तिहारजस्ता नेपालीहरूको महान पर्वको अवसरमा नेपाली कांग्रेसले आज चियापानको आयोजना गर्न लागेको हो ।
सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना हुने उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि, संवैधानिक आयोगका प्रमुख र सदस्य तथा कूटनीतिक नियोगका प्रमुख लगायतका मुलुकका विभिन्न क्षेत्रका प्रतिनिधित्वहरुको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।
कोजाग्रत पुर्णिमाको दिन हरेक बर्ष कांग्रेसले बर्षाै देखी चियापान आयोजना गर्दै आएको छ । चियापान दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म चल्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसले वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो । तर कोरोनाका कारण पछिल्ला तीन वर्ष निरन्तर त्यस्तो कार्यक्रम हुन पाएको थिएन ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले २०३४ सालदेखि मनाउँदै आएको चियापान कार्यक्रमलाई यसवर्षदेखि पुनः निरन्तरता दिइएको बताए । चियापान समारोहमा कांग्रेसले विभिन्न राजनीतिक दलका नेता, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू लगायतलाई आमन्त्रण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार