दुइ दिन पछि मृत अवस्थामा भेटिए अमेरिकी गोलीकाण्डका अभियुक्त
नेपालबहस संवाददाता
कात्तिक ११, २०८० शनिबार ११:४६:३१
११ कात्तिक, एजेन्सी । अमेरिकामा १८ जनाको गोली हानी हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन । लिस्वनको मेन शहरमा भएको गोली काण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका हुन ।
सीएनएनका अनुसार गत बुधबार भएको गोली काण्डपछि फरार रहेका उनी शुक्रवार मृत अवस्थामा फेला परेका छन । सीएनएनका अनुसार उनले आफैले गोली हानेको अवस्थामा भेटिएका थिए ।
समाचार अनुसार अभियुक्त रोबर्ट कार्डको शव लिस्बन नजिकैको जंगलमा फेला परेको थियो, जहाँबाट बुधबार साँझ लुइस्टनमा गोली हानाहान भएको थियो । उनको शव गोली हानाहान भएको क्षेत्र भन्दा करिब ८ माईल टाढा फेला परेको हो । उनको शव फेला परेको स्थान रिसाइक्लिंग प्लान्टको नजिक रहेको छ ।
बुधबार साँझको लेविस्टनको बलिङ्ग गल्ली र रेष्टुरेण्टमा भएको गोलीबारी पछि उनी बेपत्ता भएका थिए, जसलाइ खोज्नका लागि प्रहरीले दुई दिनसम्म कठिन मेहनत गरेको थियो । सो गोली काण्ड मच्चाए पछि बेपत्ता भएका उनले पुनः हमला गर्न सक्ने भन्दै सो क्षेत्रका आश्रय स्थल, स्कुल र व्यवसायहरूसमेत बन्द गराइएको थियो ।
गत वर्ष टेक्सासको उभाल्डेको एक विद्यालयमा भएको नरसंहार पछिको यो हमला सबैभन्दा घातक अमेरिकी सामूहिक गोलीबारीको रूपमा हेरिएको छ ।
उनको मृत शरीर फेला परे पछि अमेरिकी अधिकारीहरूले राति १० बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु
कात्तिक २४, २०८१ शनिबार
ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी
कात्तिक २४, २०८१ शनिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
चौथो पटक म्याद थपका लागि रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
कात्तिक २५, २०८१ आइतबार
गलकोटका ‘गोपाल सर’को लोभलाग्दो किबीखेती
कात्तिक २५, २०८१ आइतबार
कालीगण्डकी करिडोर:म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कात्तिक २५, २०८१ आइतबार
आजको मौसमः पहाडी क्षेत्रमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
कात्तिक २५, २०८१ आइतबार
महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल
कात्तिक २५, २०८१ आइतबार
फाल्गुनन्दको योगदान सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय छन् : उपराष्ट्रपति यादव
कात्तिक २५, २०८१ आइतबार