बन्दीपुरमा पर्यटक चुड्कामा छमछमी नाच्दै
नेपालबहस संवाददाता
कात्तिक ११, २०८० शनिबार १३:३५:८
११ कात्तिक, तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फ्रेन्च पर्यटक मौलिक चुड्कामा छमछमी नाचेका छन् । बन्दीपुर घुम्न आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले शुक्रबार राति चुड्कामा नाच्ने व्यवस्था मिलाएका हुन् ।
स्थानीय युवायुवतीले गाएको गीतमा पर्यटक छमछमी नाचेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल हेरिटेजका सञ्चालक किसान प्रधानले जानकारी दिए । उनले भने, “बन्दीपुर आएका विदेशी पर्यटकलाई यहाँको संस्कृति, रीतिरिवाजबारे जानकारी दिन चुड्का गीतमा नचाएका हौँ, उहाँहरू खुसी हुँदै नाच्नुभयो ।”
करिब ५० को सङ्ख्यामा फ्रेन्च पर्यटक बन्दीपुर आइपुगेका छन् । उनीहरूलाई मौलिक वेशभूषामा सजाएर नचाइएको थियो ।
त्यस्तै, बन्दीपुर घुम्न आएका चिनियाँ पर्यटक पनि नेपाली गीतमा नाचेका छन् । रेशम फिरिरी गीतमा पर्यटकहरू नाचेका हुन् । “नेपाली गीतसङ्गीतप्रति उहाँहरुको निकै रुचि भएको पायाैं, पर्यटकहरू खुसी हुनुभयो”, प्रधानले भने ।
बन्दीपुरमा यतिबेला विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बाक्लिएको छ । चिसो मौसम बन्दीपुरका लागि पर्यटनमा राम्रो मानिन्छ । यतिबेला बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिने क्रम बढेको छ ।
यो वर्षको वैशाखदेखि यता बन्दीपुरमा करिब चार हजार विदेशी पर्यटक आएका छन् । पर्यटन विकासको समितिको तथ्याङ्कअनुसार सबैभन्दा बढी चीनका पर्यटक छन् । बन्दीपुरमा २६ देशबाट पर्यटक आएका छन् ।
बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ ।
वैशाखदेखि भदौसम्म बन्दीपुर आउने चिनियाँ पर्यटक एक हजार छ सय २२ छन् । वैशाखमा २२, जेठमा ३२, असारमा ९६, साउनमा छ सय ३० र भदौमा आठ सय ४२ चिनियाँ पर्यटक बन्दीपुर भित्रिएका थिए ।
चिनियाँ पर्यटकपछि बन्दीपुर आउनेमध्ये धेरै इटालीका छन् । इटालीका पाँच सय आठ जनाले बन्दीपुर भ्रमण गरेका छन् । यस्तै, जापानका ६२, स्पेनका चार सय २३, नेदरल्याण्डका ६७, फ्रान्सका एक सय पाँच, अमेरिकाका ४२, जर्मनीका ७७, डेनमार्कका आठ, पाकिस्तानका ३६, अष्ट्रेलियाका एक सय ३१, बेलायतका ४४, आयरल्याण्डका १३, दक्षिण कोरियाका ३०, बेल्जियमका २९, थाइल्याण्डका २६, ताइवानका ३४, स्वीटजरल्याण्डका २५, मलेसियाका ४७, होल्याण्डका १३, पोर्चुगलका ११, चेक रिपब्लिकका २६, इरानका ३३, भारतका चार सय ६४, ग्रिसका १० र अर्जेन्टिनाका ३१ जनाले बन्दीपुरको भ्रमण गरेका छन् ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे
असोज ११, २०८१ शुक्रबार
विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस
असोज ११, २०८१ शुक्रबार
आज विश्व पर्यटन दिवस मनाइँदै
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार