कांग्रेसको चियापानमा ओलीसहित एमाले नेताहरु सहभागि
नेपालबहस संवाददाता
कात्तिक ११, २०८० शनिबार १५:३९:७
११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा एमाले नेताहरु पुगेका छन् । कांग्रेस सभापति देउवासँग उनीहरुले केहिबेर समसामयिक राजनीतिक विषयमा पनि कुराकानी गरेका छन् । अध्यक्ष ओलीले देउवासँग ठट्टा समेत गरेका थिए ।
शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरु कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए । एमाले नेताहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले स्वागत गरेका थिए ।
दुई दलका नेताहरुबीच त्यस क्रममा हाँसो ठट्टा पनि भएको थियो । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओलीले प्रमुख दलमाथि प्रश्न नउठाइएको तर, प्रश्न उठाउने प्रयास भने गरिएको बताए ।
कोजाग्रत पूर्णिमाका अवसरमा कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन ओली करिब सवा २ बजे सानेपा पुगेका थिए । शुभकामना साटेर ओलीले बिदा लिने क्रममा सोधिएको प्रश्नमा दुवै नेताले प्रमुख दलमाथि प्रश्न उठाइएको नभएर उठाउने प्रयास मात्र गरिएको बताए ।
प्रमुख दलहरूमाथि प्रश्न उठाइँदै छ, तपाईंहरूको सामूहिक जवाफ के हो भन्ने प्रश्नमा देउवाले अहिले जवाफ दिने समय नभएको बताए । अहिले जवाफ दिने समय होइन, हामी उचित समयमा उचित जवाफ दिने नै छौँ, देउवाले भने, अहिले प्रश्न उठाउनेहरूलाई उठाउन दिनोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
असोज ४, २०८१ शुक्रबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात
असोज ४, २०८१ शुक्रबार
हेडको शतकीय पारीसँगै इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
असोज ४, २०८१ शुक्रबार
बार्सिलोना मोनाकोसँग पराजित
असोज ४, २०८१ शुक्रबार