सर्वोच्चको इजलाशमा सेनानी रञ्जित डाँका मुद्दामा फरार रहेको जिकिर
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १२:५१:४६
११ कात्तिक, काठमाडौं । नेपाली सेनाका प्राड विवाक 'कानुन विभागका' सेनानी 'मेजर' राजकुमार रञ्जितलाई डाँका मुद्दामा फरार रहेको आरोप लागेको छ । गत असोज सर्वोच्च अदालतमा सेनाको तर्फबाट प्रतिरक्षा गर्न इजलासमा पुगेका रञ्जितलाई डाँका मुद्दामा फरार रहेको आरोप लागेको हो ।
पूर्व महासेनानी 'कर्नेल' महेन्द्रजंग शाहले आफूलाई कानुन विपरीत अवकाश दिएको भन्दै हालेको रिटमा सेनाका तर्फबाट प्रतिरक्षा गर्न उनीसहित सेनाको कानुन विभागका अधिकृतहरूको इजलासमा बाक्लो उपस्थिति रहेकै बेला उनीमाथि सो आरोप लागेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको इजलास समक्ष पूर्व कर्नेल शाहले लिखित रुपमै आफ्नो भनाई राख्ने क्रममा सो आरोप लगाएका हुन् । सर्वोच्च अदालतका स्रोतका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ र शर्माले उनलाई पाँच मिनेटमा कुरा राख्न समय दिएपछि शाहले रञ्जितमाथि सो आरोप लगाएका थिए ।
उनले जिल्ला अदालत, काभ्रेले २०६३ सालमा रञ्जितकारलाई ‘फरार अभियुक्त’ करार गरेको फैसलाको प्रति पनि इजलासलाई बुझाएको स्रोतको दावी छ । २०५७ सालमा काभ्रेको नालामा भएको डकैतीमा अदालतले रञ्जितकारलाई फरार भनेको थियो । रञ्जितकार सहित ५०–६० जनाको सशस्त्र समूहले यदुराज गिरीको घरबाट ३२ लाख ४९ हजार ८०० रूपैयाँ बराबरको नगद तथा धनमाल चोरी गरेको आरोप लागेको थियो ।
घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका शरणप्रसाद पराजुली, तुल्सीनारायण श्रेष्ठ र कृष्णप्रसाद दाहालले भने सफाइ पाएका थिए । तर रञ्जितकार सहितका प्रतिवादी अदालतको म्याद गुजारेकाले हाजिर हुन आएका बेला वा पक्राउ परेका बखत कारबाही प्रक्रियामा आउने गरी मुद्दा मुल्तबीमा राख्न अदालतले भनेको भन्ने अदालतको प्रतिपनि इजलाशमा बुझाएका थिए ।
बहसकै क्रममा सेनानी रञ्जितकारले मुद्दा हाल्ने व्यक्तिले सैनिक अनुशासनमा सजाय पाएको तर्क झिकेर ‘नैतिकहीनको’ को संज्ञा दिएपछि शाहले सो आरोप लगाएका थिए । पूर्व कर्नेल शाहले प्राड विवाक प्रमुख उपरथी प्रेमप्रकाश थापा समेत जन्ममिति विवादमा परेको भन्दै आफूलाई अनैतिक भन्नेको नै नैतिकता नभएको जिकिर गरे ।
थापाका २०२० भदौ १५ र २०२३ भदौ १५ दुई थरी जन्ममिति भेटिएका थिए। तर थापाले उच्च अदालत पाटनमा उमेर सच्याई पाउँ भनी हालेको रिटमा २०२३ भदौ १५ कायम भएको थियो । बहसको अन्तिममा रिट कर्ता शाहले आफ्नो कुरा राख्न भन्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको इजलास समक्ष समय मागेर सो जिकिर गरेका थिए ।
शाह सैनिक आचरण विपरीत काम गरेको भन्दै जंगी अदालतको कारबाहीमा परेका व्यक्ति हुन् । उपरथी प्रेम शाहीमाथि लागेको आर्थिक अनियमितताको विषयमा छानबिन हुँदा महासेनानी शाह र प्रमुख सेनानी कुलदीप तिम्सिना समेत तानिएका थिए । शाह र तिम्सिनाले उपरथी शाहीलाई सघाएको आरोप थियो ।
२०७९ फागुन १८ गते समरी जनरल सैनिक अदालतले २७ लाख ५१ हजार ५५० रूपैयाँ असुलेर उपरथी शाहीलाई सेवाबाट बर्खास्त गर्ने तथा शाह र तिम्सिनालाई दुई वर्षसम्म बढुवा रोक्का गर्ने फैसला सुनाएको थियो । बढुवा रोक्कामा परेका शाहको म्याद थप नभएपछि उनलाई असोज २८ गते अवकाश दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल-भारत सैन्य वार्ता आज
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार