निर्देशन विपरित काम गर्ने ६ वटा वाणिज्य बैंक कारबाहीमा, ७० लाखदेखि डेढ करोडसम्म जरिवाना
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १२:४९:१९
१२ कात्तिक, काठमाडौं । वित्तीय नीति विपरित कार्य गरेको भन्दै ६ वटा बाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । ती बैंकहरुलाई नगद जरिवानादेखि सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत पत्र पठाइएको छ । राष्ट्र बैंकका अनुसार लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंक कारबाहीमा परेका हुन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न कसुरमा ती बैंकलाई नगद जरिवानादेखि सचेतसमेतको कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धमा जारी निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले ७० लाख रूपैयाँ नगद जरिवाना असुल गरेर कारबाही गरेको छ । हिमालयन बैंकले तोकिएको ८० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी) कायम नगरेका कारण १ करोड ६७ लाख रूपैयाँ नगद जरिवाना तिराइएको छ ।
नबिल बैंकले निर्देशन विपरीत प्रिमियम बढाएको, ग्राहकसँग त्रैमासिक रूपमा शुल्क लिने गरेको, संस्थागत मुद्दती निक्षेपमा ग्राहकलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको लगायतका कमजोरी राष्ट्र बैंकले भेटाएको छ । यी कसुरमा राष्ट्र बैंकले नबिलका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।
सिटिजन्स बैंकले राष्ट्र एकीकृत निर्देशन विपरीत कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, पुँजी पर्याप्तता अनुपात अनुसार जोखिम भारित सम्पत्ति गणना नगरेको तथा प्रिमियम दरमा निर्देशन विपरीत पटक पटक वृद्धि गरेको राष्ट्र बैंकको भनाइ छ । यस अभियोगमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही स्वरूप सचेत गराइएको छ ।
एनआईसी एसिया बैंक र नबिल बैंकले पुँजी पर्याप्तता अनुपातसम्बन्धी निर्देशन पालना नगरेकाले कारबाही गरिएको राष्ट्र बैंकको भनाइ छ । एनआईसी एसिया बैंकले एकीकृत निर्देशनको व्यवस्थाविपरीत ग्राहकसँग बढी ब्याज लिएर जोखिम प्रिमियम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा सो पालन नगरी कतिपय ग्राहकको खातामा अझै फिर्ता नगरेको हुँदा कारबाही गरिएको हो ।
एनएमबी बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग गर्दा कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ । बैंकले एकीकृत निर्देशनको कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) को दफा १० को उपदफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ ।
सोसम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेकामा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐनको व्यवस्थाअनुसार राष्ट्र बैंकले सचेत गराएको छ । बैंकले निर्देशन विपरीत ब्याज बढाएको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको आरोप पनि यो बैंकलाई लागेको छ । यी कसुरमा राष्ट्र बैंकले एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नसिहत र सञ्चालक समितिलाई सचेत गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार