राष्ट्र बैंकको ढुकुटीबाट ६० अर्बका नयाँ नोट बाहिरिएपछि करिब ७ खर्ब रकम चलनचल्तीमा, मुद्रा आपूर्ति भने स्थीर
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १२:४०:१२
१२ कात्तिक, काठमाडौं । यस वर्षको दशैँमा ६० अर्बभन्दा बढी रकम नेपाल राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिएको छ । दशैँमा नयाँ नोट वितरणका लागि यो रकम ढुकुटीबाट चलनचल्तीका लागि बजारमा आएको हो । दशैँपछि करिब ७ खर्ब रकम बजारको चलन चल्तीमा आएपनि मुद्रा आपूर्ति भने स्थीर छ ।
राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र पहिले प्रयोगमा आइसकेका गरी ६० अर्ब बराबरको नोट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । दशैंको अवसरमा करिब ६० अर्ब बराबर नोट बाहिरिएपछि चलनचल्तीमा पनि नोटको कारोबार बढेको छ । दशैँ अघि ६ खर्ब ३३ अर्ब बजारमा रहेकोमा दशैँपछि चलनचल्तीमा ६ खर्ब ९३ अर्ब रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको अनुमान छ ।
यो अनुमानित विवरण हो । दशैँमा कति नोट बजारमा गए भन्नका लागि राष्ट्र बैंकले बाणिज्य बैंकहरुसँग विवरण मागेको छ । बैंकहरूको सबै विवरण आएपछि मात्र दशैंको अवसरमा ६० अर्ब बराबर रकम ढुकुटीबाट बाहिरिएको हो अरू पनि गएको छ भन्ने कुरा थाहा हुनेछ । दशैंमा बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणमा रकम गएको छ ।
राष्ट्र बैंकका अनुसार दशैं र तिहारमा हरेक वर्ष औसत ६० देखि ७० अर्ब बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये करिब १५ अर्ब मात्र सर्वसाधारणमा जाने गरेको थियो । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्दै आएका थिए । यो पटक सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै लगेका छन् । सयभन्दा माथि ५ सय र हजार दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकको भनाइ छ ।
नयाँ नोट सटही गर्दा पुरानो पैसा राष्ट्र बैंकमा आउने भएकाले बजारमा मुद्रा आपूर्ति भने नबढ्ने राष्ट्र बैंकले जनाएको छ । दसैं, तिहार र छठका अवसरमा राष्ट्र बैंकको ढुकुटीबाट झिकिने पैसा नयाँ वा सुकिला मात्र हुन् । नोट सटही गर्दा सर्वसाधारण वा संस्थाबाट पुराना नोट लिएर नयाँ नोट दिइने भएकाले नोट सटही गर्दा बजारमा मुद्राको आपूर्ति नबढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
कात्तिक २७, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार