पर्यटन प्रर्वद्धनका लागि ‘बुलेट राइडर’को समूह ढोरपाटन पुग्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १३:४९:११
![](https://nepalbahas.prixacdn.net/media/albums/bulet-ride_lTCXjUzCaH_nC8AEsJBH1.jpg)
१२ कात्तिक, गलकोट । पर्यटन पर्वद्धनका लागि काठमाडौंबाट ‘बुलेट राइडर’को समूह शनिबार साझा ढोरपाटन आएको छ । नेपालको आन्तरिक पर्यटन प्रर्वद्धन गर्दै आएको उक्त समूहले यसपटक ढोरपाटनलाई रोजेको हो । उनीहरुको यात्रा छ दिन लामो रहेको छ । चालिस बुलेट बाइकमा ४५ जना ढोरपाटन आएको ढोरपाटन नगरपालिकाका उपप्रमख कल्याण कायतले जानकारी दिए ।
उनले पर्यटकसँग सिधा सम्पर्क गर्न खोजेको बताउँदै ढोरपाटन भ्रमण रोजेका बुलेटराइडरप्रति सामाजिक सञ्जालबाटसमेत आभार व्यक्त गरेका थिए। उनीहरू दुई दिन पहिले काठमाडौँदेखि हिँडेका थिए । बुलेट बाइकप्रेमीलाई ढोरपाटन ल्याउने योजनाअनुसार ढोरपाटन सिकार आरक्षसम्मको छदिने राइड सञ्चालन भएको हो ।
दशैं बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने गरी बुलेट बाइक समावेश गरी छ दिने राइड सञ्चालन गरिएको आयोजक बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले जानकारी दिए । उनले शुक्रबारदेखि काठमाडौंबाट सुरु भएको यात्रा पोखरा हुँदै ढोरपाटन पुगेर कात्तिक १५ गते पुनः काठमाडाैं फर्कने बताए ।
“धेरै पर्यटकले मुस्ताङलाई रोजेको पाइयो तर निकै सम्भावना भएरसमेत ओझेलमा परेजस्तो लाग्यो हामीलाई ढोरपाटन”, बुढाथोकीले भने, “यो वर्षको बुलेट राइड योजनामा ढोरपाटन पुग्ने योजनाका साथ आएका छौँ, हाम्रो मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन नै हो ।”
उनका अनुसार पहिलो दिन काठमाडौंदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, चौथो दिन ढोरपाटनदेखि पोखरा, पाँचौँ दिन पोखरामा रिफ्रेसमेन्ट र छैटौँ दिन पोखरादेखि काठमाडौं आई उक्त कार्यक्रम समाप्त हुनेछ । सञ्चालक बुढाथोकीले हरेक वर्ष नेपालका कम्तीमा पनि तीन पर्यटकीय क्षेत्रको बुलेट राइड आयोजना गर्दै आएका छन् । यसभन्दा अघिल्लो पटक भारतको सिक्किम ग्यान्टोसम्म राइड सञ्चालन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार