बेनीका सुविधासम्पन्न होटल पाहुनाले भरिएर
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १३:५७:२२
१२ कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी र आसपासको क्षेत्रमा सुविधासम्पन्न होटल खुल्ने क्रमसँगै पाहुनाले सडकमा रात कटाउनुपर्ने समस्या हटेको छ । बेनी, सिङ्गा तातोपानी, गलेश्वर, भुरुङ–तातोपानीका पुराना होटलले क्षमता विस्तार र सुविधायुक्त नयाँ होटल खुल्न थालेपछि पाहुनाले सहजै बास पाउन थालेका हुन् । दश वर्षपहिले मुस्ताङ जाने क्रममा बेनीका होटल पाहुनाले भरिएर पिपलको बोटमुनी रात कटाएका हेटौँडाका प्रवीन श्रेष्ठले यसपाली दुःख भोग्नु नपरेको सुनाए ।
“२०७० सालमा मुस्ताङ जाँदा होटलको कोठा नपाएर कोही गाडीमै त कोही पिपलको बोटमुनी सुत्नुपरेको थियो,” श्रेष्ठले भने, “यसपाली देशका ठूला सहरका जस्तै सुविधा भएका होटलमा आरामदायी हिसाबले बास बस्न पाइयो ।” बेनी–जोमसोम सडकको मार्ग खुलेसँगै ६० को दशकमा मुस्ताङ र मुक्तिनाथ जाने आउने पर्यटक तथा तीर्थयात्रीले बेनीमा बास नपाउने समस्या थियो । केही वर्ष पहिले असोज, कात्तिक, चैत र वैशाखमा आउने पाहुनाले बास नपाउने समस्या थियो ।
होटलले क्षमता बढाएपछि र नयाँ होटल खुलेपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात कटाउनुपर्ने समस्या हटेको म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले बताए। “हामीकहाँ दुई सय ५० होटल तथा रेष्टुरेष्ट व्यवसायी आवद्ध छन्,” उनले भने, “तातोपानी, बेनी र गलेश्वरका सुविधायुक्त होटलमा दैनिक एक हजार जना पाहुना राख्न सकिन्छ ।”
मुस्ताङ जाने आउने पाहुनालाई लक्षित गरेर बेनीका व्यवसायीले होटलमा लगानी, सुविधा र क्षमता बढाएका छन् । बेनीमा भाडाको घरमा आचार्यले सञ्चालन गरेको होटल याक गत हप्तादेखि गलेश्वरमा आफ्नै भवनमा सञ्चालन गरेका छन् । रु १४ करोड लगानीमा खुलेको तीनरतीन स्विट र डिलक्ससहित ४० वटा कोठा रहेको होटलमा दैनिक एक सय ५० जना बास बस्न सक्ने क्षमता रहेको याक होटलका प्रबन्धक वासुदेव सुवेदीले बताए ।
बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा व्यवसायी कृष्ण केसीले एक सय ५० जना क्षमताको अर्को सुविधा सम्पन्न होटल सञ्चालनको अन्तिम तयारी गरेका छन् । बेनी–जोमसोम सडकमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले धौलागिरि क्षेत्रकै धेरै ५७ वटा कोठा भएको होटल नेचुरल हटस्पीरिङ सञ्चालन गरेका छन्।
प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानीमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले रु १५ करोडको लागतमा ३६ वटा स्टाण्डर, डिलक्स, सेमिसुइट र सुइट श्रेणीका कोठा भएको होटल श्रेष्ठ हटस्पिरिङ सञ्चालन गरेका छन्।
बेनी र आसपासका क्षेत्रमा होटल व्यवसायमा मात्र पछिल्लो दुई वर्षयता रु एक अर्बभन्दा बढी लगानी थपिएको छ । बेनीका होटल धानिने मुख्य आधार पछिल्लो समय देशका विभिन्न स्थानबाट म्याग्दी र मुस्ताङ घुम्न आउने पाहुना बन्न थालेका छन् । सङ्घ संस्था, सहकारी, धार्मिक समूह, विद्यालय, कलेजबाट समूह बनाएर घुम्न आउनेको सङ्ख्या बढ्दो छ ।
“म्याग्दीमा आउने भिआईपी र स्तरीय सुविधा चाहने पाहुनालाई लक्षित गरेर होटल खोलेको हो,” व्यवसायी राजु हमालले भने, “यो सिजनमा स्वदेशी पर्यटकको आगमन राम्रो छ ।” यसअघि बेनीको क्याम्पसचोकमा भाडाको घरमा ३० जना क्षमताको लामा होटल सञ्चालन गरेका युवा व्यवसायी राजन लामाले हालै आफ्नै घर बनाएर ८० जना क्षमताको बनाए ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका अनुसार जिल्लाभर पाँच सयभन्दा बढी होटल तथा रेष्टुरेष्ठमा रु दुई अर्ब बढीको लगानी छ । हिमाल आरोहण, पदयात्रा, तातोपानी कुण्ड स्नान, ग्रामीण संस्कृति, रहनसहन, धार्मिक, ऐतिहासिक, प्राकृतिकस्थल र पहाडी भूगोलको दृष्य अवलोकनका लागि म्याग्दीमा पर्यटक आउने गर्दछन् । म्याग्दी नदीको असला माछा, स्थानीय जातको सिमिको दाल, च्याउ र टुसा, आलुको परिकार, टिम्मुरको चटनी बेनीका होटल र रेष्टुरेष्टमा स्वाद लिन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार
असार २, २०८१ आइतबार
मेलाबाट भएको आम्दानीबाट वनभोजस्थल सहितको उद्यान
असार २, २०८१ आइतबार
पर्यटकीय आकर्षणको केन्द्रबिन्दु अमरसिंह थापाको शालिक
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव !
असार ३, २०८१ सोमबार