आजदेखि तीन दिनका लागि नेपाल भारत सीमा नाका बन्द
इन्द्र रिजाल
बैशाख ३, २०७६ बुधबार १:३७:१०
भद्रपुर । नेपाल भारत सीमा क्षेत्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना बन्द गरिएको झापा जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले बताउनुभयो ।
उनका अनुसार यही वैशाख ५ गते भारतको पश्चिम बङ्गालस्थित नेपालसँग सीमाना जोडिएका पानी ट्याङ्की नक्साल वाडीलगायत क्षेत्रमा लोकसभा सदस्यको निर्वाचन मतदान हुने भएकाले सुरक्षालाई ध्यान राखेर भारतीय पक्षले आज बेलुका ६ बजेदेखि पानी ट्याङ्कीमा सीमा बन्द गरेको हो ।
बिहीबार बेलुका ६ बजेसम्म गरिएको बन्दबाट नेपालमा रहेका भारतीय र सिलगुडीमा रहेका नेपालीलाई आवातजावतको बाधा नपुगोस् भनेर सीमामा आज जाँँच गरी बेलुका १० बजेसम्म छाड्न सकिने भारतीय प्रहरी वरिष्ठ उपरीक्षकले जानकारी दिएको उनले बताए ।
तीन दिनसम्म सवारी साधनसहित कुनै पनि व्यक्ति हिँड्न नपाउने गरी नेपाली सुरक्षाकर्मीसँग सहकार्य गरेर भारतीय सुरक्षाकर्मी बाक्लो रुपमा उपस्थित छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार