इलामको चुलाचलीमा हात्ती आतंक, घर ल्याउने बेलाको धानबाली सखाप
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १६:३:१५
१२ कात्तिक, झापा । बिगत लामो समयदेखि झापाको पुर्वी नाका बाहुण्डागीदेखि पश्चिम कोशी टप्पुसम्मका किसानहरु भारतीय जंगली हात्तीको बिनासका कारण समस्यामा छन् । भारतीय जंगली हात्तीको लगातारको ओहोरदोहोरले किसानको बालीदेखि मानवीय क्षति समेत भैरहदा समेत नेपाल सरकारले किसानका समस्यामा सहयोगी बन्न सकेको देखिदैन ।
अस्ति भर्खरै मात्रै धान झुल्दै गरेको बाली खाएर फर्किएका हात्तीले हिजो फेरि पाकेको बानबाली खाएर र कुल्चिएर नष्ट पारिदिएपछि किसानको बर्षदिनभरि के खाएर बाँच्ने र छोराछोरी बचाउने भन्ने पिडाले सताईरहेको स्थानीयबासी नेत्रप्रसाद बाँस्कोटाले नेपालबहश डटकमलाई बताए ।
बर्सेनि भन्दापनि महिनैपिच्छेको यसप्रकारको जंगली हात्तीलाई नेपाल सरकारले कानुन निर्माण गरि हात्ती नियन्त्रणमा विशेष ध्यान दिन चुलाचुलीस्थित आँपझोलाका किसानहरुले नेपाल सरकारसँग माग गरेका छन् ।
लगातारको मानवीय क्षति तथा खाद्यान्न बाली सखाप पारेर जनतालाई भोकमरीमा मर्न बाध्य पार्ने हात्तीलाई देशको कानुनले मार्न नपाईने, खेद्न नपाइने, हात्तीको बासस्थानमा मानिसले असर पुर्याउनु नहुने तर किसानको घर भत्काउँदा तथा बालि खादा समेत उस्लाई असर गर्ने काम गर्न नहुने भएपछि स्थानीय चुलाचुलीबासी आक्रान्त र आक्रोशित बनेका छन् । नेपाल किसान महासंघ कोशी प्रदेश समिति सदस्य समेत रहेका नेत्रप्रसाद बाँस्कोटाले यस्तै कानुन देखाएर मानवीय तथा खाद्यान्न बाली बिनास गराइरहने हो भने अब यो क्षेत्रलाई हात्ती पालन क्षेत्र बनाउन सरकारसँग माग समेत गरेका छन् ।
जनताको जिउधन भन्दा जंगली जनावरको संरक्षण ठूलो कुन मानवीय कानुनमा हुन्छ भन्दै बाँस्कोटाले निर्वाचनमा आश्वासन बाँडने दलका नेताहरुले समेत कुनै सहयोग नगरेकोमा दुःख ब्यक्त गरेका छन् । हिजो गाउँमै सुखदुःखमा साथ सहयोग गर्ने किसानले अभिभावक ठानेका किसान नेताहरु काठमाडौंको पाँचतले आलिसान महलमा विस्थापित भएपछि अहिले किसानहरुले अभिभावक गुमाएको महशुस गरिरहेका देखिन्छन् ।
पचासौं बर्षदेखि लगातारको भारतीय जंगली हात्तीबाट नेपाली किसानको बाली र नेपाली जनताकै जिउज्यान जोगाउनका लागि सिमानामा हात्ती छिर्न नसक्ने गरिको पर्खाल लगाउनुपर्ने पिडितहरुको माग रहेको छ । बाली र मानिसको सम्पर्क नहुने गरि जंगली हात्तीलाई सहज ओहोर दोहोरको बाटो निर्माण गरि बर्सेनि हुने जनधनको सुरक्षाको ब्यवस्था मिलाइनु पर्ने माग समेत स्थानीयहरुले बिगत लामो समयदेखि उठाउदै आएका छन् ।
जंगलमा आहारा नपाएपछि हात्ती गाउँ पस्ने गरेको तितो यथार्थता सुनाउदै पिडित किसानहरु भन्छन् हात्तीलाई जंगलमा नै उचित आहारको ब्यवस्थापन गर्नसके हात्ती गाउँ नपस्ने उनिहरुको तर्क रहदै आएको छ ।
झापा र ईलामको चुलाचुली क्षेत्रको विगत ३५ बर्षदेखिको चुनावी नारा नै हात्ती नियन्त्रण गर्छु भन्ने भएपनि यत्तिका बर्षसम्म कुनै माखो नमार्ने नेतृत्वलाई अब आउने निर्वाचनमा भोट होइन भाटा दिने तैयारीमा जनताहरु पुगेको कांग्रेस नेता नेत्रप्रसाद बाँस्कोटा बताउँछन् । किसानको बालीको तत्काल क्षतिपूर्ति र कृषि बालीको अनिवार्य बीमा, मानव समुदायको भरपर्दो संरक्षणमा उचित सहयोग नगरे सरकार बिरुद्ध आन्दोलनमा उत्रिननुको बिकल्प नभएको भन्दै नेता बाँस्कोटाले अब गर्ने किसानको आन्दोलनले झण्डा र डण्डावालाहरुलाईगाउँ पस्न नदिने अवस्था सृजना हुनसक्ने आक्रोश ब्यक्त गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार