सराय खेल्दै र नाच्दै गरियो दशैंलाई विदाई
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार १७:२३:१२
मनिष अर्याल
१२ कात्तिक, काठमाडौं । कोजाग्रत पुर्णिमाको दिनमा सराय खेल्दै र नाच्दै दशैंलाई बिदा गरिएको । पाल्पा बाहेक गुल्मी, अर्घाखॉची, प्यूठान साथै स्याङ्गजाको केही भागमा सराय नाच नाच्ने चलन छ । दशैंको अवसरमा युद्ध अभ्यास वा त्यसको अभिनय गरेर यो नाच नाचिन्छ । सराय खुडा, खुकुरी, भाला, तरबार जस्ता घरेलु हतियार प्रयोग गरेर नाचिने रमाइलो र साहसिक खेल हो । सरायलाई महोत्सव कै रुपमा लिने चलन छ ।
फरक, फरक स्थानमा सप्तमीदेखि कोजाग्रत पूर्णिमासम्म सराय खेल्ने र नाच्ने गरिन्छ । जिल्लाकै पूर्वी भेगका खालीवन, जव्गादी, सिलुवा, गेझा, गल्धा लगायतका गाविसमा फुलपाती दशैंघरमा लागि विर्सजन गर्ने सराय खेलिन्छ । अष्टमी, नवमी र दशमीको दिनमा तरवार ठोक्काउने, बली दिइएका पशुको टाउकोलाई वाख्वाई ह्वा गर्दै नचाउने, रमाईलो गरिन्छ ।
कोटघर, देवीको मन्दिरमा राखिएका हतियारलाई प्रदर्शन गर्दै पञ्चेबाजाको तालमा नाच्दै, खेल्दै, रमाउदै परिक्रमा गर्ने चलन रहेको चलन छ । अष्टमीको दिनमा बली दिने र देवी खुसी पार्न तरवार ठोक्काउने र नचाउने गर्दा हेर्नेले समेत रमाइलो मान्दै आनन्द लिन्छन् । अग्ला कोट, देवीका मठमन्दिरमा देवीको पूजाआजा र भजन–किर्तनसंगै सराय खेल्ने गरिन्छ । पञ्चेबाजाको तालमा खुकुरी, खुडा, तरवार नचाउने र खेल प्रदर्शन गरेका थिए । हतियार प्रयोग गरिने भएकोले यसलाई साहसी र रमाइलो खेलको रुपमा समेत लिने गर्छन् ।
घटस्थापनादेखि पुजा आजा गरिएको देवीको मन्दिरको फुलपाती टिका, अक्षता, डोलामा राखेर सराय नाच्दै, खेल्दै नजिकैको पोखरीमा लगि सेलाइने चलन छ । यसरी सेलाएपछि यस वर्षको दशैंलाई समेत विदा गरिने र एक वर्षका लागि पुनः हतियारलाई देवीको मन्दिरमा राखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय झण्डाले दरबारमार्ग ढाकियो [ फोटो फिचर ]
असोज ३, २०८१ बिहिबार
आजदेखि सुरु गर्यो सहुलियत पसल : चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ छुट ! [ फोटो फिचर ]
असोज ३, २०८१ बिहिबार
माइतीघरमा दलित खै आन्दोलन ! [ फोटो फिचर ]
असोज ३, २०८१ बिहिबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार