ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ बनेपछि वर्षौंदेखिको सास्ती हट्यो
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार १०:४८:३१
१३ कात्तिक, गोरखा । बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको भीमसेन थापा गाउँपालिका–७, र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ बनेपछि त्यस क्षेत्रका बासिन्दाको वर्षौंदेखिको सास्ती हटेको छ ।
बर्खाका बेला खोलामा पानीको बहाव बढेपछि ओहोरदोहोर नै बन्द हुने ज्यादुल खोलामा डाइभर्सन पुल निर्माण भए पनि निर्धक्क भएर आउआउ गर्न सजिलो भएको भन्दै स्थानीयवासी खुसी भएका छन् । पुल निर्माण नहुँदा बर्खाका बेलामा सवारी साधनसमेत वारपार गर्न नसक्दा यात्रुले निक्कै हैरानी खेप्दै आएका थिए ।
“बर्खा लागेपछि अत्याश्यक सवारी साधनसमेत चलाउन कठिनाइ थियो”, स्थानीयवासी जीवन कुमालले भने, “बर्खामा काठमाडौँ चितवन जान लागेको बस पानी नघट्दासम्म खोलाको किनारामा दुई तीनसम्म पानी कहिले घट्ला भनेर किनारामै पर्खनुपर्ने बाध्यता थियो, पुल बनेपछि अहिले पुल बनेपछि सहज भएको छ ।” त्यस क्षेत्रका बासिन्दाले लामो सयमदेखि ज्यादुल खोलामा पुल निर्माणको माग गर्दै आएका थिए ।
डाइभर्सन पुलले आरुघाटदेखि भीमसेन थापा गाउँपालिकाको क्यामुन्टार, पिपलटार, सिमलटार, महादेवटारलगायतका क्षेत्रका बासिन्दालाई थप सजिलो भएको उनको भनाइ छ । एक हजार दुई सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन हुन नसकेपछि पक्की डाइभर्सन पुल निर्माण गरिएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
पुल बनेपछि अबदेखि बर्खाको समयमा समेत आरुघाट–बेनीघाट सडकखण्डमा चल्ने सवारी साधन निर्वाधरुपमा सञ्चालन हुने उनले बताए । प्रदेश सरकारको विनियोजन गरेको रु ३५ लाखका लागतमा ज्यादुल खोलामा डाइभर्सन पुल निर्माण सम्पन्न गरिएको वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले बताए ।
“खोलामा सातवटा ठूलाठूला हिम पाइप जडान गरी डाइभर्सन पुल निर्माण गरिएको हो”, उनले भने, “खोलामा पुल नहँुदा बर्खायाममा खेतबारीमा काम गर्न ओहोरदोहोर गर्नका लागि समेत स्थानीयवासीलाई कठिनाइ हुँदै आएको थियो अब सजिलो भएको छ ।”
उक्त पुल हुँदै घाटेबेँसीदेखि गोरखा सदरमुकाम, घाटेबेँसीदेखि बेनीघाट, काठमाडौँसम्म नियमित यात्रुबाहक बस तथा अन्य मालबाहक सवारी साधन चल्ने गर्दछ । बर्खाका बेला खोला बढेपछि वारिपारि गर्न खोला घट्नै पर्ने बाध्यता भोग्दै आएका स्थानीयवासी पुल निर्माण भएपछि खुसी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार
धरानमा शनिबारदेखि तीन दिनसम्म योमरी महोत्सव हुँदै
मंसिर २७, २०८१ बिहिबार
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार