एमसीसी परियोजना अन्तर्गत प्रसारण लाइन निर्माणको टेण्डर खुलाउने तयारी, नेपाली कम्पनीको मापदण्ड नपुग्ने
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार ११:१४:५४
१३ कात्तिक, काठमाडौं । एमसीए नेपालले कात्तिक २ गते सूचना जारी गर्दै यसअघि रद्द गरेको प्रसारणलाइन निर्माणको टेण्डर पुनः खुलाउने तयारी गरेको छ । अनुमानित लागतभन्दा दोब्बरका प्रस्ताव आएपछि एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि परेका आवेदन रद्द गरेको थियो । एमसीए नेपालका अनुसार तिहारपछि प्रसारण लाइन निर्माणका लागि पुनः टेण्डर खोलिनेछ ।
परियोजना अगाडि बढाउन एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि नयाँ टेन्डर छिट्टै आह्वान गर्न लागेको हो । लागतभन्दा बढी वित्तीय प्रस्ताव आएपछि एमसीए नेपालले गत २ कात्तिकमा प्रसारण लाइन निर्माणको टेन्डर रद्द गरी नयाँ बोलपत्र माग्ने निर्णय गरेको थियो । यसैले पनि छिट्टै नयाँ टेन्डर आह्वान गर्ने तयारी एमसीए नेपालले गरेको हो ।
एमसीसी परियोजनाको प्रसारण लाइन यस अन्तर्गत चार सय केभी डबल सर्किट क्षमताका चार प्रसारण लाइन बनाउने योजना रहेको बताइएको छ । यसमा लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा (११७ किमी), रातमाटे–न्यु दमौली (९० किमी), न्यु दमौली–न्यु बुटवल (९० किमी) प्रसारण लाइन बनाइनेछ । नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइन (न्यु बुटवल–गोरखपुर)अन्तर्गतको नेपाल खण्ड (१८ किमी) पनि एमसीसी अन्तर्गत बन्नेछ भने तीन सय १५ किलोमिटर लम्बाइ हुने यी प्रसारण लाइनमा आठ सय ५६ वटा टावर रहेका छन् । यी प्रसारण लाइनको लागत अनुमान २२ करोड ६ लाख डलर छ ।
यसै गरी एमसीसी अन्तर्गत पूर्व–पश्चिम राजमार्गको झन्डै एक सय ३० किमी सडक विशेष रूपमा मर्मत गर्नका लागि पनि टेण्डर खुलाइन लागेको छ । एमसीए नेपालले सडक मर्मतको टेन्डर आह्वानको तयारी भइरहेको जनाएको छ । यी दुबै टेण्डरमा नेपाली निर्माण कम्पनीहरूको सहभागिता भने नहुने भएको छ । नेपाली कम्पनीहरू एमसीए नेपालले तोकेको मापदण्डभन्दा बाहिर रहेकाले उनीहरूले टेण्डर हाल्न नपाएका हुन् ।
एमसीसीले तोकेको मापदण्ड नेपाली कम्पनीमैत्री नहुँदा आवेदन दिन नसकेको नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ । एमसीसीले तोकेको मापदण्डमा नेपाली कम्पनीहरू समेटिएका छैनन् । अमेरिकाको ५० करोड डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलरमा एमसीसी अन्तर्गत चार प्रसारण लाइन, तीन सब स्टेसन र एक सय ३० किमी सडक मर्मत हुँदै छ । त्यसमा यी सबस्टेसन निर्माणमा मात्रै नौ करोड ९० लाख १४ हजार डलर बजेट छुट्याइएको छ । तर, यति ठूलो परियोजनामा नेपाली कम्पनीको आवेदन भने दिन नपाउने भएका छन् ।
यसै बीच एमसीसी अन्तर्गत बन्ने तीन सब स्टेसन निर्माणका लागि सात कम्पनीले प्रस्ताव पेस गरेको बताइएको छ । एमसीए नेपालले १० चैत ०७९ देखि २ कात्तिक ०८० सम्मको अवधि राखेर सब स्टेसन निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । त्यसमा भारतको पाँच, साउदी अरेबिया एक र टर्की तथा अफगानिस्तान संयुक्तमा एक गरी सात कम्पनीले टेन्डर हालेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअसफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार