स्याङ्जा बिश्वहिन्दू महासंघले कात्तिक १६ गतेदेखी तनहुँमा महायज्ञ गर्ने
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार ११:३७:४९
१३ कात्तिक, वालिङ । नेपाल राष्ट्रको शान्ति, धार्मिक सहिष्णुता कायम राख्ने मुल उदेश्य राखेर विश्व हिन्दू महासंघ स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको छ । वेदको उजागर भएको तनहुँको वेद आश्रम स्थलमा स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको हो । कात्तिक १६ गतेदेखी २३ गतेसम्म संचालन हुने महायज्ञको वचनकलाका अद्धितीय मर्मज्ञ विद्धान भागवतालङ्कार पंण्डित नेत्रप्रसाद पराजुलीले कथा वाचन गर्ने आयोजकले जनाएका छन् । पराजुली विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य समेत हुन् ।
विश्व शान्ति तथा सामाजिक सदभावका लागि श्रीमदभागवत महायज्ञ तनहुँमा गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक तथा विश्व हिन्दू महासंघ स्याङ्जाका अध्यक्ष हरीहर पाण्डेले जानकारी दिए । उनका अनुसार वेद अनुयायी प्रतिष्ठान नेपाल, व्यास नगरपालिका तनहुँ र विश्व हिन्दू महासंघ तनहुँ सहयोगीका रुपमा रहेको बताए । वेद अनुयायी प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय दमौली तनहुँको व्यास गुफामा महायज्ञ संचालन हुने अध्यक्ष पाण्डेले बताए ।
महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमितिहरू समेत गठन भइसकेको आयोजकले जनाएको छ । १००१ सदस्य रहेको मुल आयोजक समितिले कार्यसम्पादन समितिको सभापतिमा अध्यक्ष हरीहर पाण्डे, आर्थिक उपसमितिको संयोजकमा अनन्तराज शर्मा, प्रचार प्रसार उपसमितिको संयोजकमा पुष्पकमल रेग्मी, अन्तराष्ट्रिय समन्वय उपसमितिको संयोजकमा भुपराज वगाले, संचार समन्वय उपसमितिको संयोजकमा श्रीकृष्ण सिग्देल, मन्च व्यवस्थापन उपसमितिको संयोजकमा केशव पराजुली र अतिथि सत्कार उपसमितिको संयोजकमा गोविन्द पंगेनी रहेको महायज्ञ मुल आयोजक समितिका महासचिव पदमप्रसाद पाण्डेले बताए ।
महायज्ञको तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । महायज्ञ हुने स्थलमा आयोजक आइतबार नै टोली प्रस्थान गरेको छ । टोलीले दमौली लगायत देशभरका हिन्दू धर्मालम्बीहरुलाई निमन्त्रण, भेटघाट र अन्य तयारीका कार्यक्रम गर्ने छ । महायज्ञको उदघाटन नेपाल ऋषि, संस्कृतविद् डा. जगमान गुरुङले गर्ने तयारी रहेको महासचिव पाण्डेले बताए । महायज्ञ सफल बनाउन र कथा वाचन सुन्न सबै हिन्दु सनातन लगायत अन्य धार्मिक व्यक्तित्वलाई समेत आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार