आम्दानीभन्दा ५५ अर्ब ६७ करोड बढी खर्च गरेको सरकारले तीन महिनामै लियो १ खर्ब ६ अर्ब ऋण
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार १२:५४:५३
१३ कात्तिक, कााठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले रू २५ अर्ब ७८ करोड ९० लाख बराबर पुँजीगत खर्च गरेको छ । गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न रू ६७ अर्ब ७० करोड ७१ लाख खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकबाट देखिन्छ । यो अवधिमा भएको कुल पुँजीगत खर्चको तुलनामा सरकारी ऋणको साँवाब्याज तिर्न भएको खर्च करिब तीनगुणाले बढी हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको असोज मसान्तसम्मको सरकारी ऋणको विवरणअनुसार यो अवधिसम्ममा आन्तरिक ऋणको साँवा रू ४२ अर्ब ८४ करोड १७ लाख र ब्याज रू १३ अर्ब ७१ करोड ५० लाख ब्याज गरी कूल रू ५६ अर्ब ५५ लाख ६७ लाख बराबर भुक्तानी भएको छ ।
त्यस्तै, बाह्य ऋणको रू ८ अर्ब ७० करोड ३६ लाख साँवा र रू २ अर्ब ४४ करोड ६८ लाख ब्याज गरी कूल रू ११ अर्ब १५ करोड चार लाख बराबर भुक्तानी भएको छ । त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेपालले रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक र रू नौ अर्ब ४७ करोड ८० लाख बाह्य गरी कूल रू एक खर्ब ६ अर्ब ७८ करोड ८० लाख बराबर ऋण लिएको छ ।
योसँगै नेपालको कूल सार्वजनिक ऋण रू २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख पुगेको कार्यालयले जनाएको छ । गत असोज मसान्तसम्ममा नेपालले रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख आन्तरिक र रू ११ खर्ब ७१ अर्ब दुई करोड ३१ लाख बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।
अर्कोतर्फ सरकारको घाटा बजेटको आँकडा पनि बढ्दै गएको छ । हालसम्म कूल तीन खर्ब तीन अर्ब ६५ करोड ३७ लाख बराबर बजेट खर्च हुँदा राजस्व संकलन भने रू २ खर्ब ४८ अर्ब २८ करोड ५० लाख बराबर देखिएको छ । अर्थात् हालसम्म सरकारको आम्दानीको तुलनामा खर्च रू ५५ अर्ब ६७ करोड बढी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार