शौचालय जाने बहाना भागेका अभियुक्त पक्राउ
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार १४:३९:३
१३ कात्तिक, देउखुरी 'दाङ' । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।
आज बिहान करिब ११ बजेतिर शौचालयको झ्यालबाट भागेपछि लगत्तै प्रहरीले चौतर्फी घेरा हालेर प्रतिष्ठान नजिकै रहेको निमा हल पछाडीबाट उनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
नेपालीले आफू अस्वस्थ रहेको बताएपछि प्रहरीले जचाउन लगेको थियो त्यस क्रममा शौचालय जाने बहाना बनाएर भाग्न खोजेका नेपालीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । मोबाइल चोरी गरेको अभियोगमा तीन दिनअघि पक्राउ परेका नेपाली यसअघि पनि पटक पटक चोरी गरेको अभियोगमा परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
असोज ३, २०८१ बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज २, २०८१ बुधबार
सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा एकजना पक्राउ
असोज १, २०८१ मंगलबार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई
असोज ४, २०८१ शुक्रबार
संविधान संशोधन : सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि
असोज ४, २०८१ शुक्रबार
शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यले गरे बिदाइ
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार