सूर्यबहादुर, जनमत संग्रह र पञ्चायतको प्राण–प्रतिष्ठा
इन्द्र रिजाल
बैशाख ३, २०७६ बुधबार ३:१७:३३
२०३६ सालमा एकदिन सूर्यबहादुरजीले मसँग जनमत नहुन्जेल कति रकम चाहिन्छ भन्नुस् भन्नुभयो । मेरो धारणामा करिब तीन करोड पचास लाख जति भए पञ्चायतलाई जिताउन सकिन्छ भन्ने थियो । त्यही कुरा प्रधानमन्त्रीज्यूलाई जवाफ दिएँ । लामो छलफलपछि उद्योगपति, ब्यापारीहरूसँग चन्दा माग्ने कुरामा हामी दुवैजना पुग्यौं ।
प्रधानमन्त्री निवासबाटै एक सेनाको हाकिम लिई म जाटियाको घर गएँ । उनी सुतेका रहेछन् । उठाएर सबै कुरा भने । मेरो कुरा सुनेपछि उनले एक शब्द नभनी सेफ खोले, त्यहाँ भएको सबै रकम झिके । जम्मा ६० लाख रहेछ । त्यो रकम मेरो हातमा दिँदै, भने “मन्त्रीज्यू, यो रकम लैजानुहोस्, पञ्चायतले जितोस्” ।
त्यस समयमा ठूला उद्योगपति, व्यापारीमा गोल्छा समुह नै थियो । अतः हुलासचन्द गोल्छालाई बोलाएर प्रधानमन्त्रीज्यू र म बसेर पञ्चायत पक्षलाई आर्थिक सहयोग गर्न अनुरोध ग¥यौँ । उनले पनि यस्तो राम्रो काममा म सहर्ष सहयोग गर्छु भन्दै खुशी व्यक्त गरे । म दिउँसो चेक पठाउँछु भन्दै उनी गए र दिउँसो चेक मेरो हातमा आयो । हेर्छु त ने.रू. पाँच हजार रहेछ । उद्योगपति ब्यापारीहरूबाट अब हाम्रो समस्या समाधान हुँदैन, अरू नै उपाय गर्नुपर्छ । उता बहुदलवालाहरूले जिल्ला–जिल्लामा छ््याप्छ्याप्ती पुगेर प्रचार–प्रसार तेज गराइसके तर पञ्चायतका कार्यकर्ताहरू भने प्रचार खर्च आदि चाहियो भनेर काठमाडौँमै थुप्रिएका थिए ।…..
…….अर्कोदिन ठीक १० वजे पुनमचन्द्र अग्रवालको घरमा पुगें । उनसँग एउटा मोटो, कालो धम्मरधुस व्यक्ति बसेर गफ गरिरहेको थियो । पुनमले मसँग त्यस व्यक्तिको परिचय गराए । ती रहेछन् नाम चलेका ब्यापारी चोथमल जाटिया । यिनलाई त्यो दिनभन्दा अगाडि मैले देखेको थिइनँ । यिनको ठूलो कारोबार थियो । यिनलाई दुईनम्बरी व्यापारको जनक पनि मानिन्थ्यो । आजकाल दुईनम्बरी धन्धाबाट पैसा कमाउने धेरै छन् । तर त्यस समयमा यस धन्धामा उनको एकछत्र राज्य थियो । त्यसबेला मलाई एक नम्बरी, दुई नम्बरी केही मतलव थिएन । खाली पञ्चायत जिताउन पैसा चाहिएको थियो ।
उनीसँग मैले सबै कुरा राखेपछि उनले भने, “मन्त्रीज्यू, तपाई र प्रधानमन्त्री सूर्यबहादुर थापाज्यूलाई त्यो पनि पञ्चायत जिताउन खाली साढेतीन करोड चाहिएछ, यो त साह्रै लाजमर्दो कुरा भयो । म आजै दिनसक्छु, तर पैसा दिने भएपछि मैले केही सुविधा पनि पाउनुपर्छ ।” उनले अगाडि भने, “मेरा तीन शर्त छन्— १. गृहमा कारवाही हुँदैछ, चाँडै नागरिकता पाउँ, २. एक ठूलो कटन मिल (सूती कारखाना) काठमाडौंमा खोल्न पाउँ, ३. मसँग सर्पको छाला छ, विदेश निकासी गर्न पाउँ ।”
चोथमल जाटियाका यी ३ शर्त सुनेपछि मैले उनलाई भने, “यसबारे अन्तिम जवाफ आज साँझ तपाई, म र प्रधानमन्त्रीज्यूको कुरा भएपछि पाउनु हुन्छ । साँझ ८ बजे प्रधानमन्त्री निवास बालुवाटार आउनुहोस् । म गेटमा हुन्छु” भन्दै म उठेँ । उठ्तै उनले पनि भने, “तपाई र प्रधानमन्त्रीज्यूले मेरा यी ३ शर्त जिम्मा लिनुहुन्छ भने साढेतीन करोड होइन, पञ्चायतलाई जति चाहिन्छ, जतिबेला चाहिन्छ, म नै सबै रकमको व्यवस्था गरिदिन्छु ।” चोथमल जाटियाका यी भनाइबाट अब पञ्चायत जिताउन सकिन्छ भन्ने खुशी मनमा लिँदै म सिंहदरबार पुगे । प्रधानमन्त्रीज्यू मलाई पर्खेर बसिरहनु भएको रहेछ । सबै कुरा सुनेपछि उहाँमा पनि खुशी छायो, “नवराजजी, तपाईले आज ठूलो काम गर्नुभयो । तपाईलाई धन्यवाद छ ।” बेलुका जाटियासँग भेटी कुरा भयो । उनले पनि हतार छैन, मेरो काम जनमतको चुनावपछि गरिदिनु भए हुन्छ भने, हामी दुबैले उनको शर्त मन्जुर ग¥यौँ । यसपछि पञ्चायतलाई पैसाको चिन्ता भएन ।
…………..
कार्यकर्ताहरूलाई तताउने, खटाउने र मिलाउने सम्पूर्ण काम प्र.म. थापाले खुब गर्नुभयो र नै पञ्चायतले जित्नसक्यो । सूर्यबहादुरजी र मेरो काम गर्ने तरिका अनौठो थियो । राती १० बजे प्रधानमन्त्री निवासबाट मलाई लिन गाडी आउँथ्यो । राती करिब २ बजेतिर पुनः मलाई मेरो घर पुल्चोकमा छोड्थ्यो । बिहान ६.३० बजे प्रायः प्रधानमन्त्री मलाई लिन आफैं आउनुहुन्थ्यो र हामी एयरपोर्ट जान्थ्यौँ । यो क्रम एकवर्षसम्म चल्यो । एकदिनमा जिल्ला हेरी एकदेखि तीन जिल्लासम्मको भ्रमण हुन्थ्यो ।
र याे पनि पढ्नुहाेस्…..
सूर्यबहादुर थापा :- मृत्युपछि समेत विवाद !
……….
जाटियासँग बराबर गएर चाहिएको रकम म आफैं ल्याउँथे । जनमत संग्रहको चुनाव हुने मिति नजिकिँदै गयो । बुथ खर्च चाहियो भन्ने माग सबै जिल्लाबाट आउन थाल्यो । कुनै पञ्च एक पैसा खल्तीबाट खर्च गर्नपनि तयार थिएनन् । नपठाए सबै प्रयास बेकार हुने भयो । जाटियाजीसँग साढेतीन करोड लिइसकेका थियौं । भोलिपल्ट सबै जिल्लामा मानिस पठाउने तयारी पनि भइसकेको थियो । तर पैसा थिएन । राती १२ बजे सूर्यबहादुरजीले “नवराजजी, भए १ करोड, नभए पनि ५० लाख चोथमलसँग लिनुहोस् । अहिले नै उसको घरमा गई पैसा माग्नुहोस् । बिहान ७ बजे त जिल्लामा जाने व्यक्तिहरू पैसा लिन आइपुग्छन्” भन्नुभयो । प्रधानमन्त्री निवासबाटै एक सेनाको हाकिम लिई म जाटियाको घर गएँ । उनी सुतेका रहेछन् । उठाएर सबै कुरा भने । मेरो कुरा सुनेपछि उनले एक शब्द नभनी सेफ खोले, त्यहाँ भएको सबै रकम झिके । जम्मा ६० लाख रहेछ । त्यो रकम मेरो हातमा दिँदै, भने “मन्त्रीज्यू, यो रकम लैजानुहोस्, पञ्चायतले जितोस्” ।
त्यो पैसा सबै जिल्लामा बुथ खर्च गर्न भनी पठायौं । श्री ५ को सरकारले पञ्चायत जिताउन बेइमानी, षड्यन्त्र आदि कुनै काम गरेन । हुनसक्छ, कहिँकही पञ्चहरूको बलियो पकड भएको बुथमा एकलौटी भोट हाले होलान्, तर न राजाले न सरकारले व्यवस्थित रुपमा पञ्चायत जिताउन षड्यन्त्र गरे । बरू सयौं बुथहरूमा बहुदल पक्षबाट बुथ क्याप्चरदेखि लिएर पञ्चहरूलाई कुट्नेसम्म काम भयो ।
जेहोस्, पञ्चायतले थोरै बहुमतबाट भएपनि जनमत संग्रह जित्यो । तर त्यो चुनाव जिताउने असली व्यक्ति चोथमल जाटियाको ३ मागमध्ये एक माग पनि पूरा भएन । सूर्यबहादुरजी र मैले प्रयास ग¥यौ., तर हामीले हाम्रो वचन पालना गर्न सकेनौं । पञ्चायत जितेपछि म नै गृहमन्त्री भएँ, मैले पनि उनको कारवाही भइरहेको नागरिकतासम्बन्धी फायल आफ्नै मन्त्रालय भएता पनि टुङ्ग्याउन सकिन । ‘अजब नेपाल गजब काश्मिर’….।
(०३६ साल गृहमन्त्री नवराज सुवेदीको आत्मसंस्मरण ‘इतिहासको एक कालखण्ड’ २०६९, पृष्ठ ४२ देखि ४४ सम्म । प्राप्ति :- बरिष्ठ पत्रकार चन्द्रमणि गौतमबाट)
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनिदाइरहेको सरकार र संसदलाई प्रेमप्रसादले छाडेका प्रश्न !
माघ ११, २०७९ बुधबार
यस्ता छन् प्रधानन्यायाधीश जबरामाथि लागेका २१ आरोप
फागुन १, २०७८ आइतबार
भारतपरस्त देउवाकाे नेतृत्व भएपनि नेपाल–चीन सबल सम्बन्ध
साउन ७, २०७८ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
हुम्लाको खार्पुनाथमा औषधि अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार