नेप्सेः ९७ कम्पनीको घट्यो, १४ वटाको शेयर मूल्य स्थिर
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार १६:८:५८
१३ कात्तिक, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले बढेको छ । सो दिन बजार खुलेदेखि लगातार दोहोरो अंकले घटेको बजार अन्तिम समयमा ३.०४ अंकले बढेको हो । यससँगै समग्र नेप्से १ हजार ८ सय ७९.७० विन्दुमा बन्द भएको छ ।
अघिल्लो दिनको तुलनामा यो ०.१६ प्रतिशतले बढी हो । दसैं बिदापछिको पहिलो कारोबार दिन शेयर कारोबार दिन आइतबार नेप्से २८ अंकले घटेको थियो । करिब तीन साता अघि राष्ट्र बैंकले परिमार्जन गरेको नीतिगत व्यवस्था लगानीकर्ताले नरुचाएपछि नेप्से लगातार घटिरहेको थियो ।
यसलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको रूपमा विश्लेषण गरिएको छ । तर, सोमबार बजारले सुधारको संकेत देखाएको हो । सो दिन ३० हजार २ सय ३७ वटा कारोबारबाट २८ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ । ती किनबेचमा ६९ करोड ४२ लाख २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । आइतबार सेयर बजारमा ७४ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार कारोबारमा आएकामध्ये १२८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ९७ वटा कम्पनीको घट्यो भने १४ वटाको शेयर मूल्य स्थिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार