दशैंअघि सुनसान रहेको घलेगाउँमा पर्यटकको चहलपहल सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १३, २०८० सोमबार १९:५२:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/ghale-gaun-trek-1_A22lzp2U7T_sZYu6VOIqE.jpg)
१३ कात्तिक , लमजुङ । प्राकृतिक छटाले भरिपूर्ण यहाँको क्व्होलासोथर गाउँपालिका-३ स्थित घलेगाउँ घरबास (होमस्टे)मा पर्यटक चहलपहल हुन भएको छ । दशैंअघि सुनसान जस्तै रहेको यहाँका घराबासमा दशैंलगत्तै चहलपहल सुरु भएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिए ।
सचिव घलेका अनुसार घरबासमा दशैं सुरु भएयता दैनिक ४० देखि ५० जना पर्यटक आउन थालेका छन् । “दुई दिन अघिसम्म दैनिक दुई सय जनासम्म पर्यटक आइरहेका थिए । विगतमा दैनिक तीन सयदेखि पाँच सय जनासम्म आउने गरेकामा पर्यटक आगामी दिनमा पनि सोही हाराहारीमा आउने अपेक्षा छ”, उनले भने ।
यहाँ पर्यटकीय याममा प्रतिघरवासले रु ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नआउदा फुर्सदिला बनेका यहाँका घरबास सञ्चालक पर्यटक आगमन बढेसँगै उनीहरुको सत्कारमा व्यस्त हुन थालेको घरबास सञ्चालक हेमकुमारी गुरुङको भनाइ छ । उनले भने, “अहिले त प्रत्येक घरबास सञ्चालकले दैनिक जसो आम्दानी गर्न थालिसकेका छन् ।”
विसं २०५७ बाट सञ्चालनमा आएको यहाँको घरबासमा अहिले ४४ घरमा घरबास सञ्चालन छ । जसमा एकै पटक तीन सय जनासम्म बस्नसक्ने क्षमता छ । साथै दुई वटा होटलसमेत सञ्चालनमा छन् ।
घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुको जातीय पहिचानसहितको सांस्कृतिक नृत्यसमेत देखाउने गरिएको छ । विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।
घले गाउँ नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन ठाउँ हो । गाउँमा करिब एक सय ३५ घरधुरी छन् । यहाँबाट मनास्लु, ङादीचुली, अन्नपूर्ण हिमाल दोस्रो, अन्नपूर्ण हिमाल चौँथो, माछापुच्छे«, हिमालचुली, लमजुङ र बुद्व हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
यहाँ घले राजामध्ये अन्तिम घले राजा ज्याल्बु रुजा क्लेको शालिक पनि राखिएको छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले स्थानीय तहमै उत्पादित अर्गानिक धान, मकै, कोदो, भटमास, सायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायतका परिकार खुवाउने गर्दछन् । पर्यटकलाई सत्कारसँग आफ्ना कला संस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरुको जातिय पहिचानसहितको कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत गर्ने गरिएको छ ।
गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ । पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चिया लगायतका परिकार खुवाइन्छ ।
घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक भोजन र बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् ।
घले गाउँ काठमाडौँंबाट तनहुँको डुम्रेबजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा छ । त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार