तीन महिनामा सवा ५ अर्बको विद्युतीय सवारी आयात
नेपालबहस संवाददाता
कात्तिक १४, २०८० मंगलबार ११:११:१
१४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षका तीन महिनामा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँका चारपांग्रे विद्युतीय सवारी आयात भएका छन् । भन्सार विभागका अनुसार साउन, भदौ र असोजमा २ हजार १३५ वटा चारपांग्रे सवारी आयात गरिएको हो । सय किलोवाटभन्दा मुनिका सवारीमा करको दर बढे पनि उपभोक्ताको आकर्षण उस्तै रहेको पाइएको छ । विभागका अनुसार ५१ देखि सय किलोवाटसम्मका सबैभन्दा बढी १ हजार १ सय ६६ वटा सवारीसाधन आयात भएका छन् ।
चाडपर्वको अवसरमा पनि यस्ता सवारीमा आकर्षण बढेको हो । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०÷८१ को बजेट ल्याउँदै सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक सवारीदेखि धेरै उपभोक्ताले खरिद गर्ने ५० किलोवाटसम्मका सवारीमा १० प्रतिशत भन्सार दर यथावत राखेका थिए । तर ५० किलोवाटभन्दा माथिका र सय किलोवाटभन्दा कम क्षमताका सवारीसाधनमा थप ५ प्रतिशत अन्तःशुल्क र १० प्रतिशत भन्सार दर लगाइएको छ ।
यसअघि १० प्रतिशत भन्सार दर मात्रै थियो । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा सय किलोवाटभन्दा मुनिका सवारीसाधन नै सबैभन्दा धेरै आयात भएको विभागको तथ्यांक छ । सबैभन्दा कम २ सयदेखि ३ सय किलोवाटसम्मका सवारी ३ वटा आयात गरिएको छ । ५० किलोवाटसम्मका ९ सय ५४ वटा सवारीसाधन आयात भएका छन् ।
विभागका अनुसार १ सय १ देखि २ सय किलोवाटसम्मका सवारी १२ वटा आयात गरिएको छ । गत आर्थिक वर्ष सोही अवधिमा २ अर्ब ५० लाख ६५ हजार रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात भएका थिए । उक्त अवधिमा सय किलोवाटसम्मको ६ सय ८६ वटा सवारीसाधन आयात भएका थिए । सय किलोवाटदेखि २ सय किलोवाटसम्मका १७ वटा र २ सयदेखि ३ सय किलोवाटसम्मका २ वटा सवारी आयात भएका थिए ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ०७७÷७८ मा विद्युतीय सवारीमा कर बढाउने नीति अघि सारेका थिए । उनले भन्सार र अन्तःशुल्क बढाउँदा ०७६÷७७ को तुलनामा विद्युतीय सवारी आयात घट्यो । त्यसलाई ०७८÷०७९ को बजेटमार्फत हटाइयो । आर्थिक वर्ष ०७९÷८० का लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पुनः विद्युतीय सवारीको भन्सार दर र अन्तःशुल्क बढाए । शर्माले १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ३० र अन्तःशुल्क ३० प्रतिशत बनाएका थिए ।
चालु आर्थिक वर्षमा भने अर्थमन्त्री महतले भन्सार घटाएर १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर २० र अन्तःशुल्क २० प्रतिशत कायम गरेका छन् । २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ४५ र अन्तःशुल्क ४५ प्रतिशत थियो । अर्थमन्त्री महतले भन्सार दर ४० र अन्तःशुल्क ४५ प्रतिशत तोकेका छन् । अर्थमन्त्री महतले ११ देखि १४ सम्म सिट क्षमता भएका विद्युतीय माइक्रो बसको भन्सार दर र अन्तःशुल्क १०÷१० प्रतिशत पु¥याएका छन् । यसअघि भन्सार दर १ प्रतिशत मात्रै थियो ।
अर्थमन्त्री महतको यो नीति सर्वोच्च अदालतले दिएको आदेशविपरीत छ । सर्वोच्च अदालतले वायु प्रदूषण नियन्त्रण गर्ने गरी मात्रै करको दर तोक्न सरकारलाई परमादेश दिइसकेको छ । सर्वोच्चले ‘स्वच्छ वातावरणको हकको सहज उपयोग गर्ने वातावरण सिर्जना गर्न अलग्गै कार्ययोजना बनाउन’ पनि सरकारका नाममा परमादेश जारी गरेको छ । वातावरण प्रदूषणमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको योगदान अत्यधिक बढी रहने र विद्युतीय सवारीसाधनको ज्यादै न्यून रहने भन्दै सर्वोच्चले ‘विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेर विद्युतीय सवारीलाई निरुत्साहित गर्ने’ सरकारको नीति उचित नभएको उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार